ट्रम्पद्वारा बाइडेनलाई राष्ट्रपतिको दैनिक विवरण प्राप्त गर्न नदिने निर्देशन

इनेप्लिज २०८१ फागुन २७ गते ११:०३ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतिको दैनिक विवरण प्राप्त गर्न नदिने निर्देशन दिएका छन् । अर्थात बाइडेनले अब राष्ट्रपति ट्रम्पको निर्दशन अनुसार राष्ट्रपतिको दैनिक ब्रीफिङ अर्थात पिडिबि विवरण प्राप्त गर्न पाउने छैनन्।

ट्रम्पले यसअघि २०२१ मा जनवरी ६ मा अमेरिकी संसद भवनमा हमला गरे पछि बाइडेनले उनलाई वर्गीकृत जानकारी प्राप्त गर्न नदिने निर्णयको जवाफस्वरूप ट्रम्पले यो कदम चालेको हो ।

यसका साथै ट्रम्पले पूर्व विदेशसचिव एन्टोनी ब्लिंकेन, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान, उप महान्यायाधिवक्ता लिसा मोनाको, न्यूयोर्कका महान्यायाधिवक्ता लेटिशा जेम्स, म्यानह्याटन जिल्ला अधिवक्ताआल्भिन ब्र्याग, तथा वकिलहरू मार्क जाइड, नॉर्मन आइजन, र एन्ड्रयू वाइस्म्यानको पनि सुरक्षा निकाशी ( सेक्युरिटी )क्लियरेन्स रद्ध गरेका छन्।

प्रतिक्रिया