अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई गाजामा रहेका सबै बन्धकहरू तत्काल रिहा गर्न “अन्तिम चेतावनी” दिएका छन्।
सबै बन्धकहरूलाई शीघ्र मुक्त गर्न , ढिलो नगर्न र हत्या गरेका सबै शवहरू फिर्ता गर्न दबाव दिए । उनले त्यसो नगरे अन्यथा तिमीहरूको लागि सबै समाप्त हुनेछ ,” ट्रम्पले बुधबार आफ्नो सामाजिक संजाल ट्रुथ सोसलमा लेखे। यसअघि उनले व्हाइट हाउसमा ८ जना मुक्त बन्धकहरूसँग भेट गरेका थिए।
उनी इजरायललाई “काम पूरा गर्न आवश्यक सबै चीजहरू” प्रदान गर्ने चेतावनी दिदै “यदि तिमीहरूले मेरो आदेश पालना गरेनौ भने, एकजना पनि हमासको सदस्य सुरक्षित रहने छैन।”
यसैबीच, अन्तर्राष्ट्रिय राहत संस्थाहरूले इजरायललाई गाजामा निर्बाध मानवीय सहायता सुनिश्चित गर्न आह्वान गरिरहेका छन्। इजरायलले हमासलाई युद्धविरामको विस्तारणका लागि नयाँ सर्तहरू स्वीकार गर्न दबाब दिने उद्देश्यले गाजामा सबै प्रकारका सहायता रोकिदिएको छ।
संयुक्त राज्य अमेरिकाले १९९७ मा हमासलाई एक “विदेशी आतंककारी संगठन” को रूपमा सूचीबद्ध गरेको थियो। परम्परागत रूपमा अमेरिका यस्ता समूहहरूसँग वार्ता गर्दैन, तर अपवादहरू भएका छन्। उदाहरणका लागि ओबामा र ट्रम्प प्रशासनले तालिबानसँग वार्ता गरेका थिए, जसलाई ९/११ को आक्रमणपछि आतंककारी संगठनको रूपमा सूचीकृत गरिएको थियो।
गत बुधबार व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पहिलो पटक प्रत्यक्ष रूपमा हमाससँग वार्ता गरिरहेको बताएकी थिइन् ।
प्रतिक्रिया