क्यालिफोर्निया राज्यको बाल्डविन पार्क शहरमा भएको भयावह गोलीकाण्डमा एक प्रहरी अधिकृतसहित दुई जनाको मृत्यु भएको छ। लस एञ्जलस काउन्टीका शेरिफ रोबर्ट जी. लुनाका अनुसार एक संदिग्धलाई नियन्त्रणमा लिइएको छ।
शेरिफ लुनाले मध्यरातमा पत्रकार सम्मेलन गर्दै घटनामा दुई जनाको ज्यान गएको बताए । उनका अनुसार दुखद घटनामा दुई प्रहरी अधिकारीहरूलाई गोली लागेको थियो, जसमा एक जनाको मृत्यु भयो भने अर्का एक प्रहरी अधिकारीको अवस्था खतरामुक्त रहेको छ। घाइते अधिकारीलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ।
एक व्यक्तिले राइफलसहित गोली चलाएको सूचना पाएपछि प्रहरी टोली बाल्डविन पार्कको घटनास्थलमा पुगेको थियो। त्यहीबेला संदिग्धले गोली चलाएको र दुई अधिकारीहरू लक्षित भएको शेरिफ लुनाले जनाएका छन्।
दोस्रो पीडितको पहिचान सार्वजनिक गरिएको छैन, तर उनी एक वयस्क पुरुष भएको पुष्टि भएको छ। बिभिन्न स्थानीय पत्र पत्रिकाका अनुसार अहिले घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया