अमेरिकाको नेभादा राज्यको लस भेगासमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन अर्थात् अमेरिका इमिग्रेशन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ ) का अधिकारीहरूले एक खोजी अभियानका क्रममा मेक्सिकन आपराधिक अवैध आप्रवासी होजे फ्लोरेस-मेडिनालाई पक्राउ गरेका छन्।
आइसिइका अनुसार उक्त कारवाहीमा ३ वटा बन्दुक ,१५ हजार अमेरिकी डलर नगदको साथै लागू पदार्थ कोकिन र हिरोइन बरामद गरिएको छ।
अधिकारीहरूले फ्लोरेस-मेडिनाको आपराधिक संलग्नता तथा अवैध बसोबासका कारण उनलाई हिरासतमा लिएका हुन्। उनले लागूऔषध कारोबार र हतियार राखेको आरोप समेत लागेको छ।
यो कारबाही आईसिइले आपराधिक अवैध आप्रवासीहरूविरुद्ध सञ्चालन गरिरहेको कडाईको हिस्सा हो।
प्रतिक्रिया