गत शनिबार बिहान अमेरिकाको इलोनोइ राज्यको शिकागोको दक्षिण क्षेत्रमा भएको एक चलिरहेको सवारीबाट गोली प्रहारमा मा सात जना किशोर घाइते भएपछि प्रहरी प्रशासनले आक्रमणकारीको खोजी सुरु गरेको छ।
घटना सेन्ट साबिका गिर्जाघर र बिद्यालयको अगाडी भएको हो। घटना त्यो बेला घट्यो जब प्रहरी अधिकारीहरू ठूलो भीड हटाउने प्रयास गरिरहेका थिए। प्रहरीका अनुसार अज्ञात सवारीसाधनले भिडतर्फ गोली प्रहार गरेको थियो।
घाइते हुनेहरूमा तीन जना १७ वर्ष, तीन जना १८ वर्ष र एक जना १९ वर्षका छन्। अधिकांशको खुट्टामा चोट लागेको छ, दुई जनाको हातमा, एकको ढाडमा र अर्को एक जनाको नितम्बमा चोट लागेको एनबिसीन्यूजले जनाएको छ । प्रहरीका अनुसार एक जनाको अवस्था गम्भीर र उनको खुट्टा र छातीमा गोली लागेको छ। बाँकी सबैको अवस्था स्थिर रहेको छ।
सवारी तुरुन्तै घटनास्थलबाट फरार भएको थियो र हालसम्म कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिन नसकिएको प्रहरीले जानकारी दिएको छ।
सेन्ट साबिकाको गिर्जाघर(चर्च)ले सामाजिक संजाल (फेसबुक)मा वक्तव्य जारी गर्दै घटनाबाट निराश नभएको जनाउँदै लेखेको छ, “हामी हाम्रा युवालाई मनाउने काम जारी राख्छौं र उनीहरूसँग जीवनका प्रत्येक पाटोमा साथ दिन्छौं।”
नगर प्रमुख ब्रान्डन जोनसन ले पछिल्लो समय अपराधमा केही कमी आएको भन्दै एक्समा धन्यवाद व्यक्त गरेका थिए। यद्यपि उनले थप काम गर्न बाँकी रहेको पनि जनाएका छन् ।
सन् २०२४ मा शिकागोमा २,७५८ गोली प्रहारका घटनाहरू भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४.१% कम हो। दोषीलाई पक्रन १०,००० इनाम घोषणा गरिएको छ ।
प्रतिक्रिया