मस्तिष्कको अबुर्द (क्यान्सर) जितेका १३ वर्षीय डी.जे. डेनियलको ह्वाइट हाउस भ्रमण: ट्रम्पलाई अँगालो हाले

इनेप्लिज २०८१ फागुन २२ गते १:२२ मा प्रकाशित

मस्तिष्क (क्यान्सर)लाई पराजित गरेका १३ वर्षीय डी.जे. डेनियल ले आफ्नो जीवनको अविस्मरणीय क्षण मंगलबार राति अनुभव गरे। गत मंगलबार मार्च ४ का दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त सम्बोधनका क्रममा उनलाई सम्मानित गोप्य सेवा सदस्यको उपाधि प्रदान गरियो।

संयुक्त सम्बोधनपछि डेनियल बुधबार ह्वाइट हाउस पुगे र ओवल कार्यालय (अफिस)मा ट्रम्पलाई भेटे। सामाजिक सञ्जालमा व्यापक (भाइरल )भएको श्रब्यदृश्य (भिडियो)मा डेनियल ट्रम्पको छेउमा उभिएर भने मसँग तपाईका लागि अझै एउटा कुरा छ: ठूलो अँगालो!

राष्ट्रपतिले हाँस्दै प्रतिक्रिया दिए, ठीक छ, राम्रो कुरा! एकअर्कालाई अंगालो हाले। त्यसपछि ट्रम्पले डेनियलका बुबासँग हात मिलाउँदै भने हिजो राति ठूलो क्षण थियो, हैन ?

डेनियलको सम्मानमा आयोजित समारोहमा, अमेरिकी गोप्य सेवाका निर्देशक सिन कर्रानले उनलाई विशेष बिल्ला (ब्याज )प्रदान गरे जसको श्रब्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको थियो।

मलाई थाहा नै थिएन यो सब हुन गइरहेको छ! डेनियलले फक्स न्यूजलाई बताए। कसैले हामीलाई जानकारी नै दिएको थिएन ,उनले भने ।

डेनियलले सानैदेखि प्रहरी अधिकारी बन्ने सपना देखेका थिए । यो सम्मान उनको लागि अविस्मरणीय रह्यो।

प्रतिक्रिया