न्यु योर्कको ब्रुकलिनमा आईएसआईएसलाई समर्थन गर्ने एक व्यक्ति गिरफ्तार ,डिसेम्बर २०१६ मा प्रवेशाज्ञा समाप्त भएपछि पनि उक्त व्यक्ति अमेरिका बस्दै आएको पुष्टी

इनेप्लिज २०८१ फागुन १४ गते २३:११ मा प्रकाशित

न्यु योर्कको ब्रुकलिनमा संघीय अधिकारीहरूले आईएसआईएस इस्लामिक राज्यलाई समर्थन गर्न एक व्यक्तिले हजारौं डलर पठाएको पत्ता लागे पछि उनलाई गिरफ्तार गरिएको छ ।

अधिकारीहरूका अनुसार एक नजिकको आफन्तले संदिग्धको बारेमा जानकारी दिन प्रहरीलाई गोप्य खबर दिएका थिए ।

बुधवार ब्रुकलिनमा बस्ने एक ताजिक नागरिकलाई इस्लामिक राज्य र मध्य एसियामा रहेको यसको शाखा, आईएसआईएस-केलाई टर्की र सिरियामा आईएसआईएस अनुयायीहरूलाई दशौं हजार डलर प्रदान गरेर समर्थन गर्ने षड्यन्त्र गरेको आरोपमा पक्राउ गरिएको छ।

एबिसीन्यूजका अनुसार मन्सूरी मानुचेखरीलाई संयुक्त राज्य अमेरिकामा गैरकानूनी रूपमा रहँदा हतियार राखेको र आप्रवासन जालसाजी गरेको आरोप पनि लगाइएको छ। एफबीआईले उनी सन् २०१६ को जुनमा गैरआप्रवासी पर्यटक प्रवेशाज्ञा (भिसा)मा संयुक्त राज्य अमेरिका प्रवेश गरेको र डिसेम्बर २०१६ मा प्रवेशाज्ञा समाप्त भएपछि पनि बसेको बताएको छ।

आपराधिक उजुरी अनुसार, मानुचेखरीले टर्की र सिरियामा आईएसआईएस सम्बद्ध व्यक्तिहरूलाई ७०,००० डलर भुक्तानी गर्न सफल भए । उजुरीमा एक व्यक्तिले सिरियाली मुद्राको तस्बिर मानुचेखरीलाई पठाई प्राप्त भएको पुष्टि गरेको थियो।

मानुचेखरीले प्रायः हतियारको प्रशिक्षण पनि लिने र टर्कीमा रहेको आईएसआईएस सम्बद्धलाई आक्रमण राइफल चलाएको श्रब्यदृश्य (भिडियो)हरू पठाउने गरेको ब्रुकलिनमा संघीय अधिकारीहरूले बताए ।

एफबीआईलाई उनका एक नजिकको आफन्तले न्यू योर्कका प्रहरीलाई दूरवार्ता गरि मानुचेखरीले हिंसात्मक कार्यहरू गर्न सक्ने चिन्ता व्यक्त गरेका थिए।

बुधवार ब्रुकलिनको संघीय अदालतमा भएको अभियोगमा अमेरिकी न्यायाधीश रोबर्ट एम. लेभीले मानुचेखरीलाई मुद्दा नचल्दासम्म थुनामा राख्न आदेश दिए।

तस्बिर कृतज्ञता : न्यूयोर्कको पूर्वी जिल्लाका लागि अमेरिकी संघीय वकिल

प्रतिक्रिया