गाजा भूभागमा १९ महिना भन्दा बढी समयसम्म बन्धक बनाइएका अमेरिकी-इजरायली सैनिक एडन एलेक्जान्डरलाई सोमबार हमासले मुक्त गरेको छ।
एलेक्जान्डर जो गाजा भूभागमा पकडिएको अन्तिम अमेरिकी नागरिक मानिन्छ । उनलाई रेडक्रसका प्रतिनिधिहरूसँग गाजा क्षेत्रको दक्षिणी शहर खान युनिसमा हस्तान्तरण गरिएको छ ।
२१ वर्षीय एलेक्जान्डरलाई त्यसपछि इजरायली विशेष बलद्वारा गाजा भूभागभित्र स्थानान्तरण गरिने इजरायलको सैन्यले सोमबार एक वक्तव्यमा भनेको छ।
एलेक्जान्डरको परिवारले एनबीसी न्यूजलाई बताए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको कतारको भ्रमणको क्रममा एलेक्जान्डरसँग भेट्न चाहेको इच्छा व्यक्त गरेका थिए, तर उक्त भेटघाट एलेक्जान्डरको इच्छा र स्वास्थ्य अवस्थाको आधारमा हुनेछ।
हमासले सोमबार बिहान मुक्तिको पुष्टि गरेको छ । एलेक्जान्डरको मुक्ति पछि विज्ञप्तिमा यो कदम युद्धविराम, नाका खोल्न र गाजा भूभागमा सहायता प्रवाह गर्नका लागि चालिएका कदमहरूको एक हिस्सा हो भनेको छ ।
हामी ट्रम्प प्रशासनलाई यस क्रुर युद्धलाई रोक्नका लागि आफ्नो प्रयास जारी राख्नको लागि आग्रह गर्दछौं ,बिज्ञप्तिमा भनिएको छ । सोमबार इजरायलले गाजा क्षेत्रमा आफ्ना सैन्य कारवाहीहरू, हवाई हमलाहरू र मानव रहित यान (ड्रोन) तोपखाना केही समयका लागि रोकेको थियो।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सोमबार एक वक्तव्यमा यो केवल एलेक्जान्डरको मुक्ति सुनिश्चित गर्नका लागि सुरक्षित प्रदान गर्ने प्रतिबद्धता हो । यो कुनै युद्धविराम वा प्यालेस्टाइनी बन्दीहरूको मुक्तिको रूपमा होइन भनि स्पष्ट पारेको छ ।
प्रतिक्रिया