राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार औषधि मूल्य घटाउने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले अनुचित र भेदभावपूर्ण प्रथालाई नियन्त्रण गर्नका लागि कदम चाल्ने वचन दिएको छ।
ट्रम्पले यो आदेश ह्वाइट हाउसको रूजवेल्ट कोठामा हस्ताक्षर गरेका हुन् । जहाँ उनि सँग स्वास्थ्य र मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियर, मेडिकेयर तथा मेडिकेड सेवा केन्द्रका प्रशासक डा. मेहमत ओज लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।
“यो हाम्रो राष्ट्रको इतिहासमा सबैभन्दा शक्तिशाली औषधि मूल्य निर्धारण र स्वास्थ्य सेवा कार्यकारी आदेश हो,” चिकित्सक ओजले भने। सिएनएनका अनुसार अमेरिकामा यसले औषधिको मूल्य घट्नेछ या छैन भन्ने स्पष्ट नभएको जनाएको छ । साथै अमेरिकी सरकारलाई अन्य देशहरूमा औषधि मूल्य निर्धारणमा कति अधिकार छ भन्ने अझै अस्पष्ट रहेको छ ।
प्रतिक्रिया