राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एउटा सन्देश दिने क्रममा एक मित्रको कथा सुनाए, जसले आफूलाई बेलायतमा औषधि सस्तो मूल्यमा प्राप्त गरेको बताए। यो कथा उनले अमेरिकामा र विदेशमा औषधि मूल्यको भिन्नता देखाउनका लागि दिएका थिए।
“धेरै मानसिक रूपमा चनचले, प्रख्यात व्यापारी — साँच्चिकै अत्यधिक तौल भएका,” ट्रम्पले आफ्नो मित्रको वर्णन गरे तर उनले नाम भने लिएनन् । “र उनले तौल घटाउने औषधि लिए ।” ट्रम्पले अगाडी भने उनका मित्रले हालै लन्डनबाट उनलाई दूरवार्ता गरेका थिए, जहाँ उनले ८८ डलरमा तौल घटाउने औषधि प्राप्त गरेका थिए, जुन न्यूयोर्कमा १,३०० डलर पर्दछ ।
ट्रम्पले यो कथा हालै औषधि निर्माण प्रतिष्ठान (फर्मास्युटिकल ) एक प्रतिनिधिसँग साँझा (शेयर )गरेका थिए । तर ट्रम्पले यस बिषयमा कुनै चर्चा नगरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
यो टिप्पणी ट्रम्पको एक कार्यकारी आदेश हस्ताक्षर गर्नु अघि आएको हो, जसमा उनले औषधि मूल्य घटाउने लक्ष्य राखेको बताएका छन्।
प्रतिक्रिया