राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइटहाउसमा भएको पत्रकार सम्मेलन र घोषणामा यस हप्ता अन्त्यमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग “सायद” कुरा गर्ने सङ्केत दिए । अमेरिका र चीन बीच आपसी ९० दिनको लागि आफ्नो कर दर घटाउने अस्थायी सम्झौतामा हस्ताक्षर गरे पछि बिश्व बजारलाई प्रभावित हुनुको साथै बिश्वले समर्थन गरेको छ।
“म राष्ट्रपति सीसँग सायद यही हप्ताको अन्त्यमा कुरा गर्नेछु,” ट्रम्पले ह्वाइट हाउसको रूजवेल्ट कोठामा पत्रकार सम्मेलनमा भने। “हामीसँग अन्य केही कामहरू छन्,” उनले थपे।
“उनीहरू हामीसँग केही गर्न पाउँदा धेरै खुशी थिए र हाम्रो सम्बन्ध धेरै, धेरै राम्रो छ,” राष्ट्रपति ट्रम्पले भने।
प्रतिक्रिया