फेब्रुअरी २३, २०२५ – बागलुङ सेवा समाज अमेरिका (नर्थ क्यारोलाइना) च्याप्टरको अधिवेशन भव्य ढंगले सम्पन्न भएको छ। यस अवसरमा नवनिर्वाचित अध्यक्ष राम थापाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
समारोहका प्रमुख अतिथि बागलुङ सेवा समाज अमेरिकाको महाधिवेशन समायोजन समितिका अध्यक्ष गौरिश्वर शर्मा हुनुहुन्थ्यो। कार्यक्रममा बागलुङ सेवा समाज अमेरिकाका केन्द्रीय अध्यक्ष सकस जी.सी., वरिष्ठ उपाध्यक्ष मिन खड्का, महासचिव कृष्ण सुवेदी, NRNA USA का बोर्ड सदस्य तथा बागलुङ सेवा समाज अमेरिकाका विधान संयोजक गंगाधर आचार्य, NRNA-NC का पूर्व अध्यक्ष कुलानन्द शर्मा, NRNA क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष एकनाथ शर्मा, बागलुङ सेवा समाज भर्जिनिया च्याप्टरका अध्यक्ष लालकुवर, साथै समाजसेवी र पूर्व सल्लाहकार सागर कडेलजस्ता प्रतिष्ठित व्यक्तित्वहरूले महत्वपूर्ण उपस्थितिको भाग लिएका थिए।
उपस्थित वक्ताहरूले नेपाली समुदायको उत्थानमा बागलुङ सेवा समाज अमेरिकाले पुर्याएको योगदान, संस्थाका उद्देश्य तथा भावी योजनाबारे विस्तृत विचार व्यक्त गरे। विशेषगरी प्रवासी नेपालीहरूको हकहित, नयाँ पुस्ताको नेतृत्व विकास र सामाजिक एकताको सुदृढीकरणमा समाजले निर्वाह गर्ने भूमिकालाई जोड दिइयो।
नवनिर्वाचित अध्यक्ष राम थापाले समाजका सबै सदस्यप्रति आभार व्यक्त गर्दै, आपसी सहयोग र एकताको माध्यमबाट निरन्तर सेवा पुर्याउने प्रतिबद्धता जनाए। उहाँले भविष्यमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै समाजलाई नयाँ ऊर्जासँग अघि बढाउने लक्ष्यका बारेमा समेत जानकारी गराउनुभयो।
कार्यक्रमको सयोजन तथा समापन भूमिश्वर सापकोटा द्वारा गरिएको र दुर्गा प्रसाद सापकोटाले सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेका थिए साथै समाज सेवा तथा सफल ब्यबसायी नर्थ क्यारोलाइना NRNA USA पुर्व अध्यक्ष कुलानन्द शर्मा को सक्रियता मा यो अधिवेशन सफल भयो ।
नयाँ कार्य समिति मा
अध्यक्ष: राम थापा
वरिष्ठ उपाध्यक्ष: डोलेन्द्र पौडेल
उपाध्यक्ष: सुर्य पाठक
महासचिव: हिरा देवी भट्टराई
सचिव: हिरा शर्मा
कोषाध्यक्ष: लक्ष्मण तिवारी
सदस्यहरू: इन्दिरा सापकोटा, ज्ञानु काफ्ले, गोबिन्द क्षेत्री, अर्जुन सुबेदी, देबराज पौडेल
हुनुहुन्छ ।
समाजका वरिष्ठ पदाधिकारीहरू, अतिथि वक्ता र उपस्थित सदस्यहरूले नयाँ कार्य समितिलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। साथै, विभिन्न वक्ताहरूले समाजलाई अझ सशक्त, सांस्कृतिक कार्यक्रमहरूद्वारा समृद्ध र प्रवासी नेपालीहरूको हकहितमा थप पहल गर्न आग्रह गरेका छन्।
अर्कोतर्फ, बागलुङ सेवा समाज अमेरिकाको केन्द्रीय अधिवेशन आगामी मार्च ९, २०२५ मा Zoom मार्फत आयोजना गरिने भएको जानकारी पनि प्राप्त भएको छ। यस अधिवेशनले सदस्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आपसमा विचार विमर्श र योजनाबद्ध कार्यवाहिमा सहभागी हुने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्व र आगामी केन्द्रीय अधिवेशनद्वारा बागलुङ सेवा समाज अमेरिकाले नेपाली समुदायको उत्थान र प्रवासी नेपालीहरूको सांस्कृतिक, भाषिक तथा परम्परागत मूल्यहरूको जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने निश्चित देखिन्छ।
प्रतिक्रिया