फ्रेब्रुअरी २३, २०२५
कोलोराडो, अमेरीका
कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको १२ औं साघारण सभा सनीबार एक समारोह बिच सम्पन्न भयो ।
बिशेषगरी संस्थाको बिधानमा सदस्य, शुभचिन्तक तथा दाताहरुको राय सुझाव र समयको माग बजोजिम केही बुंदा सामान्य परिमार्जन केही थपघट गरी सबैलाइ सगेट्न सक्ने बनाउनकोलागी बोलाईएको साधारण सभाले संस्थाको संशोधित बिधान सर्वसम्मत तरिकाबाट पासगर्दै सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली घरका सल्लाहकार समाजसेवी टिका सिटौला तथा समाजसेवी डा.बिजयराज शर्मा बाट संयूक्त्त रूपमा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रियगान संगै अगाडी बढाइएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधी, बुद्धिजिवी, शुभचिन्तक, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
नेपाली सांस्कृतीक केन्द्र नेपाली घरमा सम्पन्न कार्यक्रमको प्रथम सत्रमा संस्थाका उपाध्यक्ष गंगा चौलागाइले स्वागत मन्तब्यबाट कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गरेका थिए भने कोषाध्यक्ष राजु खनालले आर्थिक प्रतिवेदन र अध्यक्ष बसन्त लंम्सालले संस्थाको प्रगति तथा भावी चुनौतीहरु सभा समक्ष प्रश्तुत गरेका थिए । कार्यक्रममा उपस्थित बिभिन्न संस्थाका प्रतिनिधी, शुभचिन्तक, सल्लाहकार तथा अतिथीहरुले शुभकामना मन्तब्य दिएका थिए । संस्थाका महासचिव भोला कटुवालले संचालन गरेको कार्यक्रम अध्यक्ष बसन्त लंम्सालको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमको दोश्रो सत्रमा बिशेषगरी संस्थाको बिधान संशोधनको बारेमा छलफल भएको थियो । बिशेषगरी नेपाली घरको संयोजनमा २०१८ मा आयोजित श्रीमद् भागवत सप्ताह माहायज्ञको भावना , बर्तमान समयकोमाग र शुभचिन्तकहरुको सुझाव संगेट्ने उद्धेश्यले केही बुंदा सामान्य परिमार्जन केही थपघट गरी सबै नेपालीभाषी समुदायको अपनत्व महशुस हुनेगरी संशोधन गरिएको नेपाली घरले बताएको छ ।
यसरी संशोधित बुदाहरुमा संस्थाको सदस्यताको दायरा फराकिलो पार्दै ट्रष्टी मेम्वर,Corporate Member, Non Profit
Organization Member अवधारणालाइ सगटिएको छ । जसबाट ब्यावसाहीक तथा अन्य सामाजिक संस्थालाइ जोडीन सहज हुने बताइएको छ । त्यसैगरी ब्यवस्थापन परामर्श समिती सल्लाहकार परिषदको ब्यवस्थाबाट समाजमा उल्लेख्य देन दिनुहुने सामाजिक र बौद्धिक ब्यक्तित्वको समाबेशले समाज ससक्त र एकाकार हुने तथा संस्थालाइ उचित मार्गदर्शन हुने बिश्वास लिइएको छ । त्यस्तै ट्रष्टी परिषदको ब्यवस्थाबाट संस्थालाइ जटील र कानुनी समस्या समाधानकोलागी सहयोग पुग्ने आशा गरिएको छ । संस्थाको बिधानमा थपिएका मुख्य बुदाहरु यिनै हुन् । अन्य सामान्य परिमार्जनमा सदस्यता शुल्क, कार्यसमितीका केही पदाधिकारी थप र बार्षिक कार्यक्रम थपघट गरिएका छन् ।
नेपाली भाषा, कला संस्कृती जिवन्त राखी हाम्रा भावी पुस्तालाइ सिकाउन, हाम्रा चाडपर्व, बिवाह ब्रतबन्ध जस्ता कार्यक्रम संचालन स्थल निर्माणगर्न तथा संम्पूर्ण नेपाली भाषी समुदायको पहिचाहन जोगाइ प्रवर्धन गर्ने अभियानमा रहेको संस्था नेपाली घरको सकृयता र सबै दाता र संघ संस्थाको सहयोगमा नेपाली संस्कृतिक केन्द्र खरिद गरी पूर्णरुपमा संचालनको अनुमती लिने प्रकृया अगाडी बढिरहेको छ । सबै नेपाली भाषीहरुको आस्थाको केन्द्रबिन्दु नेपाली संस्कृतिक केन्द्रलाइ जोगाइराख्न सबैको साथ सहयोग र मार्गदर्शन आवस्यक पर्ने भएकोले यस महायज्ञमा जोडीइ यथासक्य सहयोग गर्न सबैलाई अनुरोध समेत गरिएको छ ।
कार्यक्रमको अत्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बसन्त लंम्सालले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिदै सबैको साथ र सहयोगले नै संस्था यहासम्म आईपुगेले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको लागी सबै संग अनुरोध गरेका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा उठेको सहभागीहरुको जिज्ञासालाइ संस्थाका पूर्व ३ अध्यक्षहरु जगदिशचन्द्र ढकाल, लछुमन राना र योगराज गौतमले प्रष्ट्याउने प्रयास गरेका थिए भने उपाध्यक्ष चौलागाईले सहजीकरण गरेका थिए ।
पत्रकार/लेखक
प्रतिक्रिया