युक्रेन युद्ध अन्त्य गर्न रुस र अमेरिका वार्ता क्रम जारी राख्दै गर्दा युक्रेनमा सबै भन्दा ठूलो आक्रमण ,अधिकांश उपकरण खसालिए

इनेप्लिज २०८१ फागुन ११ गते १०:३७ मा प्रकाशित

युक्रेन युद्ध अन्त्य गर्न रुस र अमेरिका वार्ता क्रम जारी राख्दै गर्दा युक्रेनमा सबै भन्दा ठूलो २६७ वटा मानव रहित यान (ड्रोन)आक्रमण भएको छ । युक्रेनको सेनाको अनुसार अधिकांश उपकरण खसालिएका छन् ।

रुसले आक्रमणको वार्षिकोत्सव अगाडी युक्रेनमा २६७ वटा ड्रोन ( मानव रहित उपकरण) प्रक्षेपण गरेको छ ।

युक्रेनी वायुसेनाको अनुसार युद्धको सबैभन्दा ठूलो आक्रमण भएको जनाउदै दुवै राष्ट्रहरूले मस्कोले आफ्नो पश्चिमी छिमेकी माथि पूर्ण-स्तरीय आक्रमण सुरु गरेको तीन वर्ष मनाउन तयारी गरिरहेका छन्।

गत डिसेम्बर महिनामा भएको १९३ मानव रहित यान आक्रमणहरुलाई पनि गत शनिबार भएको आक्रमणले तोडेको छ ।

युक्रेनको वायुसेनाले १३८ शाहेद आक्रमण मानव रहित यान (ड्रोन)हरू खसालेको छ । जसमध्ये ११९ अन्य कुनै क्षति नगरी उडानमा हराएका छन्। तीन वटा मानव रहित यान (ड्रोन)हरू बेलारुसमा उडेको वायुसेनाले टेलिग्रामलाई दिएको आफ्नो विज्ञप्तिमा जनाएको छ ।

युक्रेनको निप्रोपेट्रोभस्क, ओडेसा, पोल्टाभा, कीभ र जापोरिजिया क्षेत्रहरू आक्रमण भएको सेनाले जनाएको छ । ओडेसा सैन्य प्रशासनले आक्रमणबाट तीन जना घाइते भएकोर जापोरिजियामा एक जना पनि घाइते भएका छन्।

रूसको युद्धको चौथो वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले राष्ट्रपति भ्लादिमिर पुटिनको टोलीसँग प्रत्यक्ष वार्ता मार्फत शान्ति सम्झौता युक्रेनी संलग्नता बिना अगाडी बढाई रहेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई संलग्न नभई सहमति भएको कुनै पनि शान्ति स्वीकार नहुने चेतावनी दिएका छन् ।

यसैबीच, युक्रेनले आफ्नै लामो दूरीको हमला अभियान जारी राखेको छ । रूसको रक्षा मन्त्रालयले आइतबार अघिल्लो २४ घण्टामा ४० युक्रेनी मानव रहित यान (ड्रोन)हरू खसालेको विवरण दिएको छ ।

प्रतिक्रिया