बिश्व कै धनाढ्य व्यक्ति तथा सरकारी दक्षता विभागका प्रमुख इलन मस्कले संघीय कर्मचारीलाई गत हप्ता के उपलब्धी भयो भन्दै पाँच बुँदामा जवाफ पठाउन निर्देश दिएका छन् । यसरी उत्तर नदिनेलाई राजिनामा ठानिने चेतावनी समेत दिएका छन् ।
अमेरिकी संघीय कर्मचारीहरूलाई पठाइएको नयाँ निर्देशनअनुसार, कर्मचारीहरूले अघिल्लो हप्ताको आफ्नो कामको विवरण प्रस्तुत गर्नुपर्ने भएको छ।
कर्मचारी व्यवस्थापन कार्यालय (ओपिएम)बाट पठाइएका बिधुतिय डाक (ईमेल)हरूमा कर्मचारीहरूलाई आफ्ना उपलब्धिहरूको झण्डै पाँच बुँदा तयार पार्न र आफ्नो प्रबन्धकलाई बोधार्थ दिन भनिएको छ। समयसीमा आगामी सोमबार राति ११:५९ पूर्वीय सम्म तोकिएको छ।
यद्यपि बिधुतिय डाक (ईमेल)मा नपठाएमा हुने परिणामबारे केही उल्लेख गरिएको छैन् । तर इलन मस्क जो सरकारी दक्षता विभाग (डिओजीइ ) को प्रमुख हुन् उनले आफ्नो सामाजिक सञ्जाल एक्समा मा घोषणा गर्दै उत्तर नपठाएमा कर्मचारीहरूले राजीनामा दिएको मानिनेछ भनेका छन्।
यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्पको संघीय प्रशासनलाई कटौतीगर्ने योजनासँग सम्बन्धित छ। ट्रम्पले मस्कलाई रुढीबादी सम्मेलनमा अझ आक्रामक हुन प्रोत्साहित गरेपछि उनले यो गरेका हुन् ।
मस्कको नेतृत्वमा सरकारी दक्षता विभागले विभिन्न बचत कार्यक्रम सञ्चालन गरिरहेको छ। संघीय कर्मचारी कटौती, ठेक्काहरू रद्द गर्ने, र लागत घटाउने प्रयासमार्फत ५५ बिलियन डलर जति बचत भइसकेको दाबी गरिएको छ। अहिलेको लक्ष्य संघीय घाटा १ खर्बले घटाउनु हो।
नयाँ निर्देशनले संघीय कर्मचारीहरूबीच चिन्ता सिर्जना गरेको छ। कतिपय विभागहरूले कर्मचारीहरूलाई तत्काल प्रतिक्रिया नदिन सल्लाह दिएका छन्।
यो कदम ट्रम्प प्रशासनको संघीय कर्मचारी कटौतीको ठूलो योजनाको एक हिस्सा हो।
प्रतिक्रिया