हामीले हाम्रो देश फिर्ता लियौं भन्दै ट्रम्पद्वारा रुढीवादी सम्मेलनमा जोशिलो भाषण

इनेप्लिज २०८१ फागुन १० गते २१:५७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुढीवादी राजनैतिक कार्य सम्मेलन (सि-प्याक)मा जोशपूर्ण भाषण दिए। ह्वाइट हाउस पुनः कब्जा गरेपछि उनको यो पहिलो सि-प्याकमा उपस्थिति थियो।

ट्रम्पले आफ्नो विजयको चर्चा गर्दै भने, “नोभेम्बर ५ मा हामीले भ्रष्ट शक्तिहरूको सामना गर्यौं। हामीले उनीहरूको शक्ति र आत्मविश्वास खोस्यौं… र हामीले हाम्रो देश फिर्ता लियौं।”

उनले आफ्नो “अमेरिका फस्ट” अर्थात् अमेरिका प्रथम नीति अघि बढाउने प्रतिज्ञा दोहोर्याए। साथै उनले महान्यायाधिवक्ता पाम बन्डी र गृह सचिव डग बर्गम सहित आफ्नो मन्त्रिमण्डल सदस्यहरूको पुष्टि भएकोमा खुसी व्यक्त गरे।

उनले संघीय सरकारको खर्च कटौती अभियानलाई समर्थन गर्दै इलनमस्कको प्रयासहरूको खुलेरै प्रशंसा गरे।

उनले भने, “इलनले राम्रो काम गरिरहेका छन्। तर अझ आक्रामक हुनुपर्छ।” भीडले युएसए ! युएसए भन्दै ट्रम्पलाई स्वागत गर्‍यो।

ट्रम्पले जनवरी ६ अमेरिकी संसद भवन दंगाका दोषीहरूमाथि दिइएको माफीको बचाउ गरे। यो भाषणले ट्रम्पको कट्टर समर्थकहरूलाई झन् उत्साहित बनाएको छ।

प्रतिक्रिया