प्यालेस्टाइन समर्थक भाषण गरेको कारण भारतीय मूलकी एमआइटी कक्ष २०२५ की अध्यक्ष मेघा भेमुरीलाई स्नातक समारोहमा सहभागिता हुन् रोक लगाईएको छ ।
अध्यक्ष मेघालाई उनले अघिल्लो दिन गाजा युद्ध विरोधी भाषण दिए पछि शुक्रवारको स्नातक समारोहमा भाग लिन रोक लगाइएको अमेरिकी तथा भारतीय संचार माध्यमहरुले समाचार प्रकाशित गरेका छन् ।
भेमुरीले सिएनएनलाई बताए अनुसार भाषण पछि विश्वविद्यालयका वरिष्ठ नेतृत्वले उनलाई शुक्रवारको समारोहमा उपस्थित नहुन आदेश दिएका थिए र समारोहको समाप्ति नभएसम्म परिसर( क्याम्पस)बाट बाहिर रहन भनिएको थियो।
तर एमआइटिका प्रवक्ताले भेमुरीलाई उपाधि प्रदान गरिने तर समारोहमा सहभागिता हुन् अनुमति नदिने बताए । त्यति मात्र हैन उनीहरुका परिवारलाई समेत अनुमति नदिने बताइयो ।
टाइम्स अफ इन्डियाका अनुसार भेमुरी उनले भाषणमा इजराइलसँगको विश्वविद्यालयको सम्बन्धको आलोचना गर्दै गाजा युद्धका विरुद्ध आवाज उठाएकी थिइन्।
उनको कारण एमआइटिले आलोचना समेत भोग्नुपरेको थियो । भेमुरीले आफ्नो सामाजिक संजाल लिङ्कडेन समेत मेटाइन्।
एमआइटीकी कुलपति मेलिसा नोबल्सले भेमुरीलाई बिधुतिय डाक (इमेल)गरेर उनलाई समारोहमा सहभागी हुनबाट रोक लगाउदै भनिन्, “तपाईले जानीजानी र बारम्बार समारोहका आयोजकहरूलाई झुक्याउनुभएको छ। हामी तपाईको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दछौं, तर मञ्चबाट एक विरोधको नेतृत्व गर्नु, जुन संस्थाको महत्त्वपूर्ण समारोहलाई विघटन गर्यो, एमआइटीका परिसर अभिव्यक्ति नियमको उल्लंघन हो।”
प्रतिक्रिया