भनेको महिलाको शव नबुझाए पछि नेतान्याहूद्वारा हमासले समझौता उल्लङ्घन गरेको भन्दै मूल्य चुकाउनु पर्ने चेतावनी 

इनेप्लिज २०८१ फागुन ९ गते १५:१० मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले गाजा युद्धविराम सम्झौतामाथि गरेको उल्लङ्घनको कडा प्रतिक्रिया जनाएका छन्। हमासले इजरायवी नागरिक शिरी बिबासको अवशेष फिर्ता गर्नुको सट्टा एक अज्ञात गाजाकी एक महिलाको शव हस्तान्तरण गरेपछि नेतान्याहुले हमासलाई “पूर्ण मूल्य चुकाउनु पर्ने” चेतावनी दिएका छन्।

इजरायली अधिकारीहरूका अनुसार, युद्धविराम सम्झौताअनुसार हमासले जनवरी १९ देखि बिबास र उनका दुई छोराहरू एरियल (४ वर्ष) र कफिर (९ महिना) का अवशेषहरू फिर्ता गर्नुपर्ने थियो। 

कफिर अक्टोबर ७, २०२३ को हमलामा अपहरित २५१ इजरायलीहरु मध्ये सबैभन्दा कान्छो थिए।

यस घटनाले इजरायल र हमासबीचको युद्धविराम सम्झौतामाथि थप असहजता निम्त्याउने देखिएको छ ।

इजरायलले यसलाई धोका र “निन्दनीय उल्लङ्घन” को रूपमा लिएको छ। अब इजरायल नेतृत्वले हमासविरुद्ध थप कडा कदम चाल्न सक्ने सम्भावना छ।

प्रतिक्रिया