अमेरिकाको एरिजोना राज्यको एउटा क्षेत्रीय विमानस्थलमा दुईवटा साना विमानहरू ठोक्किदा कम्तीमा दुई जनाको ज्यान गएको छ।
मराना प्रहरी विभागका अनुसार टक्सनको उत्तरपश्चिममा रहेको मराना क्षेत्रीय विमानस्थलमा ठोक्किएको थियो।
अधिकारीहरूले कम्तीमा दुई जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
यद्यपि पहिलो प्रतिक्रियाकर्ताहरू अझै घटनास्थलमा काम गरिरहेको उनिहरुले बताए।
राष्ट्रिय यातायात सुरक्षा समिति( बोर्ड)का अनुसार आकाशमा ठोक्किएका विमानहरू सेस्ना १७२एस र लान्सेयर ३६० एमके द्वितिय रहेका छन्।
दुवै एकल यन्त्रहरु भएका विमान थिए। घटनाको अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया