राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एञ्जलसमा भएको आप्रवासन विरोध प्रदर्शनमा अमेरिकी झण्डा जलाउने र अन्य देशका झण्डा बोकेका प्रदर्शनकारीलाई ‘जनावर’ भन्दै कडा आलोचना गरेका छन्। उनले यस्तो कार्यलाई देशघाती भन्दै अमेरिकाको झण्डा जलाउनेलाई एक वर्ष झ्यालखाना सजायको प्रस्ताव समेत अघि सारेका छन्।
फोर्ट ब्र्यागमा अमेरिकी सेनाको २५० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै ट्रम्पले भने, “उनीहरू जनावर हुन्, जसले गर्वका साथ अन्य देशको झण्डा बोकेका छन्। उनीहरूले अमेरिकी झण्डा जलाउँछन्, माया गर्दैनन्। यस्ता कार्य गर्नेहरूलाई एक वर्ष कारागार पठाइनुपर्छ।”
लस एञ्जलसमा आप्रवासन सम्बन्धी विरोध प्रदर्शनलाई नियन्त्रण गर्न ट्रम्प प्रशासनले ४,००० राष्ट्रिय सुरक्षा बल (नेसनल गार्ड) र ७०० नौसेना (मरीन)पठाएको छ । क्यालिफोर्नियाले गभर्नर गेभिन न्युजम सहितका आलोचकहरूले यसलाई संघीय शक्ति दुरुपयोग भनेका छन्। न्युजमले ट्रम्प प्रशासनविरुद्ध १०औं संशोधन उल्लंघनको अभियोगमा मुद्दा दायर गर्दै प्रतिक्रिया दिएका छन्, “मलाई गिरफ्तार गर ! सकियोस यो नाटक।”
न्युयोर्क पोस्टकी स्तम्भकार मिरान्डा डिभाइनको नयाँ अन्तर्वार्तामा ट्रम्पले दोहोर्याए र भने जसले झण्डा जलाउँछ उ सिधा एक वर्ष जेल स्वत जानेछ ।
ट्रम्पले प्रदर्शनको पछाडि को को छन् भन्ने अनुसन्धान भैरहेको जनाउँदै भने, “हामी पाम बोंडी र न्याय विभागमार्फत वित्तीय स्रोत पत्ता लगाउनेछौं।”
अमेरिकी महान्यायाधिवक्ता पाम बोंडीले प्रदर्शनसँग जोडिएका ९ वटा मुद्दाहरू खुला रहेको बताइन । उनले अगाडी भनिन् जसले थुकेको हो, हामी प्रहार गर्नेछौं ,तयार हुनु भन्दै कडा चेतावनी दिएकी छिन् ।
प्रतिक्रिया