लस एन्जलसमा भइरहेको प्रदर्शन नियन्त्रणका लागि अमेरिकी नौसेना र राष्ट्रिय सुरक्षा बल(मरीन र नेशनल गार्ड) तैनाथ गर्दा रक्षा मन्त्रालयलाई करिब १३४ मिलियन डलर खर्च पर्ने जानकारी एक उच्च पेन्टागन अधिकारीले कंग्रेसलाई दिएका छन्।
रक्षा सचिवका विशेष सहायक तथा कार्यवाहक वित्तीय उपसचिव ब्रिन म्याकडोनेलले प्रतिनिधिसभाको रक्षा विनियोजन उपसमितिमा बोल्दै भने, “हाल अनुमान गरिएको खर्च १३४ मिलियन डलर हो, जुन प्राय: अस्थायी कर्तव्य (टेम्पररी ड्युटी), यात्रा, आवास, भोजन आदिका लागि हो।”
डेमोक्र्याट सांसद पिट एग्युलरले उक्त रकम कहाँबाट आउँछ भनेर सोध्दा म्याकडोनेलले जवाफ दिए, “त्यो रकम अन्य सॅचालन र मर्मतसम्भार खाताबाट लिइनेछ।”
उक्त सुनुवाईमा रक्षा सचिव पिट हेगसेथ र संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जनरल ड्यान केन पनि सहभागी थिए।
गृह सचिव पिट हेगसेथले बताएअनुसार राष्ट्रिय सुरक्षा वल र नौसेना(नेशनल गार्ड र मरिन ) तैनाथी ६० दिनसम्म चल्नेछ।
पेन्टागनले उनीहरूको आवास, भोजन, पानी तथा आवश्यक क्षमताको सुनिश्चितता गरिरहेको छ ।
प्रतिक्रिया