ताजा समाचार : क्यालिफोर्नियालाई झट्का: ट्रम्प प्रशासनविरुद्धको आदेश तत्काल रोकिने सम्भावना टर्‍यो, बिहीबार सुनुवाइ

इनेप्लिज २०८२ जेठ २८ गते २३:०३ मा प्रकाशित

संघीय न्यायाधीशले क्यालिफोर्नियाको आपतकालीन माग अस्वीकार गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा नौसेना (मरीन) र राष्ट्रिय सुरक्षा बल (नेसनल गार्ड) प्रयोग गरी राज्यमा आप्रवासनसम्बन्धी कानुन कार्यान्वयन गर्ने कदमलाई तुरुन्तै रोक्न अस्वीकार गरेका छन्।

सैन फ्रान्सिस्कोस्थित वरिष्ठ अमेरिकी जिल्ला न्यायाधीश चार्ल्स आर. ब्रेयरले मंगलबार तत्काल रोक लगाउने आदेश दिन अस्वीकार गरे पनि बिहीबार दिउँसो १:३० बजे विस्तृत सुनुवाइको समय तोकेका छन्। क्यालिफोर्नियाले संघीय अधिकारीहरूलाई नौसेना (मरीन) र राष्ट्रिय सुरक्षा बल (नेसनल गार्ड) प्रयोग गरी राज्यको कानुन लागू गराउने कार्यमा रोक लगाइयोस् भनेर अस्थायी प्रतिबन्धको माग गरेको थियो।

राज्यका वकिलहरूले ट्रम्प प्रशासनको जवाफ नपर्खिकन तुरुन्तै आदेश दिन आग्रह गरेका थिए। तर न्यायाधीशले दुबै पक्षलाई थप लिखित तर्क पेश गर्न निर्देशन दिएका छन्।

न्यायबिभागले मंगलबार दिउँसो अदालतमा दर्ता गरेको संक्षिप्त दाखिला (फाइलिङ)मा क्यालिफोर्नियाको मागलाई “कानुनी रूपमा निराधार” भन्दै अस्वीकार गरे।

यो मुद्दा ट्रम्प प्रशासन र डेमोक्रेटिक नेतृत्वको क्यालिफोर्निया राज्यबीचको अधिकारको संघर्षलाई थप तीव्र बनाएको छ ।

प्रतिक्रिया