भेनेजुएला गिरोहमा संलग्न भएको भन्दै ग्वान्टानामो पठाइएका आप्रवासीहरूका परिवारहरूले बोलेको एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।
यस महिनाको सुरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासनमाथिको कारबाहीको एक भागको रूपमा, “उच्च खतरा” आप्रवासीहरू बोकेको पहिलो उडान ग्वान्टानामो खाडीमा पठाईएको थियो ।
ग्वान्टानामो कारागार कुख्यात अमेरिकी झ्यालखाना हो । ट्रम्प प्रशासनका अधिकारीहरूले अमेरिकी भूमिमा पक्राउ परेका सबैभन्दा हिंसात्मक “सबैभन्दा खराब” आप्रवासीहरूलाई राख्ने बताएका थिए। तर कुरा फरक आएको छ । वास्तविकता बाझिएको छ ।
यद्यपि एबीसी न्यूजले दुई आप्रवासीहरूको परिवारसँग कुरा गर्दा उनीहरूलाई त्यहाँ कुनै आपराधिक अभिलेख (रेकर्ड) नभए पनि राखिएको छ।
परिवारका सदस्यका अनुसार शरीरमा ट्याटू(कलान्यास)को कारणले उनलाई लक्षित गरिएको थियो … उनी [भेनेजुएला गिरोह] ट्रेन डे अरागुआको हिस्सा भएको आरोप लगाइएको थियो, तर त्यो सत्य होइन,” होजे रोड्रिगेज सिमानकासकी बहिनी बारबरा सिमानकासले भनिन् ।
उनि ग्वान्टानामोका आप्रवासीहरू मध्ये एक हुन्। “उनको ट्याटू(कलान्यास)को त्यससँग कुनै सम्बन्ध छैन … तिनीहरू उनका बच्चाहरूको नाम हुन्।” ,बैनीले एबिसीन्यूजलाई भनिन ।
एबीसी न्यूजले ग्वान्टानामो खाडीमा राखिएका जोन ली बास्टिदास पाजका बुबा जोन ली बास्टिदाससँग पनि कुरा गरेको जनाएको छ । नोभेम्बर २०२३ मा उनलाई अमेरिकामा “अनुचित प्रवेश” गरेको आरोप लगाइएको थियो । उनले दोषी स्वीकार गरेका थिए। अदालतको अभिलेख त्यो आरोप बाहेक उनको “कुनै आपराधिक इतिहास” नभएको बुवाले एबिसीन्यूजलाई बताए ।
प्रतिक्रिया