ट्रम्प प्रशासनले बाबुआमाको साथ नआएका आप्रवासी बालबालिकाका लागि कानुनी सहायता कटौती गरेको छ ।
एबीसी न्यूजले प्राप्त गरेको ज्ञापनपत्र अनुसार, ट्रम्प प्रशासनले बाबुआमाको साथ नआएका तथा साथ नपाएका आप्रवासी बालबालिकालाई प्रो बोनो (जनहितको लागि)प्रतिनिधित्व र अन्य कानुनी सहायता प्रदान गर्ने संस्थाहरूलाई कोष कटौती गरेको छ।
आन्तरिक विभागले पठाएको बिधुतिय डाक (इमेल)मा, संघीय अनुदान प्राप्त गर्ने संस्थाहरूलाई निर्वासनको सामना गरिरहेका आप्रवासी युवाहरूलाई सहयोग गर्न उनीहरूले गर्ने कामसँग सम्बन्धित “सबै गतिविधिहरू” बन्द गर्न भनिएको थियो।
“तपाईहरुलाई सूचित नगरिएसम्म काम रोक्ने आदेश लागू रहनेछ,” ज्ञापनपत्रमा भनिएको छ।
एबीसी न्यूजले वकिलको अभावका कारण हजारौं साथ नपाएका बालबालिकाहरूले आप्रवासन अदालतमा आफ्नो प्रतिनिधित्व गरिरहेको बारेमा समाचार प्रकाशित गरेको थियो । न्याय विभागको तथ्याङ्क अनुसार, २०२३ मा, अध्यागमन अदालतहरूमा अभिभावकसंग साथ नभएका नाबालिगहरूमध्ये केवल ५६% लाई वकिलले प्रतिनिधित्व गरेका थिए।
प्रतिक्रिया