डिसीकी एक संघीय न्यायाधीशद्वारा इलन मस्कको पक्षमा फैसला

इनेप्लिज २०८१ फागुन ६ गते २३:२३ मा प्रकाशित

डिसीकी एक संघीय न्यायाधीशले इलन मस्कको पक्षमा फैसला सुनाएकी छिन् ।

संघीय न्यायाधीश टान्या चुट्कनले १४ जना डेमोक्र्याटिक राज्यका महान्यायाधिवक्ताहरूले इलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता बिभागलाई संघीय तथ्यांक प्रणालीमा पहुँच रोक्न माग गर्दै दायर गरेको अस्थायी प्रतिबन्ध आदेश अस्वीकार गरि दिएकी छिन् ।

न्यायाधीश चुट्कनले राज्यहरूले “तत्काल, अपूरणीय क्षति” हुने प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्थायी प्रतिबन्ध आदेश जारी गर्न अस्वीकार गरेकी छिन् ।

राज्यहरूले मस्क र सरकारी दक्षता बिभागले संघीय कर्मचारीहरूलाई हटाउने र संवेदनशील तथ्याँक पहुँच गर्ने कार्यहरू बिना उचित अधिकार गरिरहेको दाबी गरेका थिए। तर, न्यायाधीश चुट्कनले तत्काल क्षति हुने प्रमाणको अभावमा स्थायी प्रतिबन्ध आदेश जारी गर्न अस्वीकार गरेकी हुन् ।

यसैबीच, ह्वाइट हाउसले अदालतमा दायर गरेको एक दाखिलामा इलन एमस्क “राष्ट्रपतिको वरिष्ठ सल्लाहकार” मात्र भएको र सरकारी दक्षता बिभागको कानूनी प्रशासक नभएको स्पष्ट पारेको छ।

वासिङ्टन डिसी संघीय जिल्ला अदालतकी न्यायाधीश चुटकनलाई राष्ट्रपति जो बाइडेनले नियुक्त गरेका हुन् । उनले यसअघि जनवरी ६, २०२१ मा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको फौजदारी मुद्दाको निरीक्षण गरेकी थिइन्।

प्रतिक्रिया