न्यूयोर्क माध्यमिक बिद्यालयका विद्यार्थी अदालतको सामान्य सुनुवाइपछि आइसिइद्वारा गिरफ्तार

इनेप्लिज २०८२ जेठ १८ गते ११:२१ मा प्रकाशित

अमेरिकाको न्यूयोर्क शहरका एक माध्यमिक बिद्यालय (हाई स्कूल )का विद्यार्थीलाई आप्रवासन अदालतमा सामान्य सुनुवाइमा उपस्थित भएपछि अमेरिकी आप्रवासन र सीमा सुरक्षा निकायले पक्राउ गरेको छ।

विद्यार्थीको नाम सार्वजनिक गरिएको छैन, तर उनी न्यूयोर्क शहरको सार्वजनिक बिद्यालय (पब्लिक स्कूल)मा अध्ययनरत थिए । अदालतमा पहिलेको एक मामिलासम्बन्धी औपचारिक प्रक्रिया पुरा गर्न गएका थिए। सुनुवाइपछि अचानक आइसिइका अधिकारीहरू उपस्थित भई उनलाई हिरासतमा लिए।

शिक्षा तथा मानव अधिकारकर्मीहरूले यस घटनाको कडा निन्दा गरेका छन्। विद्यालयमा अध्ययन गरिरहेकै अवस्थामा एक किशोरलाई यसरी गिरफ्तार गर्नु शिक्षा प्राप्त गर्न पाउने अधिकारको उल्लंघन भएको उनीहरूले आरोप लगाएका छन् ।

न्यूयोर्क शहर शिक्षा विभाग र नगर प्रमुख (मेयर)को कार्यालयले घटनाको जानकारीमा आएको भन्दै कानुनी सहायता पुर्‍याउने आश्वासन दिएका छन्।

यस घटनाले अमेरिका भरि रहेका कानुनी कागतपत्र नभएका (अनडोकुमेन्टेड)विद्यार्थीहरूमा डर पैदा गरेको छ।

यसबीच आइसिइले भने कानुनी प्रक्रियाअनुसार मात्र गिरफ्तारी गरिएको दाबी गर्दै, यो “संभावित सार्वजनिक सुरक्षा सरोकार” भएको बताएको छ।

मानव अधिकारवादीहरू भने यो घटनालाई शिक्षा र आप्रवासी सुरक्षामाथिको आक्रमणका रूपमा लिएका छन्।

प्रतिक्रिया