इरानद्वारा आणविक बम बनाउन पर्याप्त युरेनियम संकलन, आइएइएको कडा चेतावनी — अमेरिका–इरान वार्ता संकटमा

इनेप्लिज २०८२ जेठ १८ गते १६:३४ मा प्रकाशित

इरानले हथियार निर्माणयोग्य स्तरको युरेनियमको भण्डार झनै बढाएको संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्था आइएइएले शनिबार सार्वजनिक गरेको गोप्य प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनमा इरानलाई तत्काल बाटो बदल्न र अनुसन्धानमा पूर्ण रूपमा सहकार्य गर्न आग्रह गरिएको छ।

मे १७ सम्म इरानले ६०% सम्म प्रशोधित ९००.८ पाउन्ड युरेनियम संकलन गरिसकेको छ । जुन फेब्रुअरीमा भएको प्रतिवेदनको तुलनामा करिब ५०% वृद्धि हो।

सिबिएसन्यूजका अनुसार ६०% प्रशोधन स्तरबाट ९०% पुग्न छोटो प्रविधिक दूरी मात्रै बाँकी रहने भएकाले यो स्थिति गम्भीर चिन्ताको विषय बनेको हो।

आइएइएका अनुसार एउटा आणविक बम बनाउन ९२.५ पाउन्ड ६० % युरेनियम पर्याप्त हुन्छ ।

हाल अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग नयाँ आणविक सम्झौताका लागि वार्ता गरिरहेका बेला आएको यो प्रतिवेदनले वार्ता प्रक्रियामै संकट उत्पन्न गराएको छ।

तेहरानले अहिलेसम्म यस प्रतिवेदनमा प्रतिक्रिया दिएको छैन। यद्यपि, इरानी अधिकारीहरूले पछिल्ला दिनमा परमाणु बम बनाउने सम्भावना खुल्ला रूपमा उल्लेख गर्न थालेका छन्। आइएइए प्रमुख ग्रोसीले भने इरानसँग हालैको स्तरमा प्रशोधित युरेनियमबाट अनेकौं बम बनाउन सक्ने क्षमता भइसकेको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले इरान पूर्णरूपमा आणविक हतियार बनाउने मार्गमा लागिसकेको छ। अब ढिला नगरी विश्व समुदायले कारबाही गर्नुपर्छ भनेको छ ।

प्रतिक्रिया