डोनाल्ड ट्रम्प प्रशासनद्वारा पदबाट हटाइएका आठ जना निरीक्षकहरू (इन्स्पेक्टर्स जनरल) ले पुनः आफ्नो जागिर फिर्ता पाऊ भन्दै मुद्दा दायर गरेका छन्।
उनीहरूले ट्रम्प प्रशासनले आफूहरूलाई हटाउँदा संघीय कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन्। विशेष गरी, अमेरिकी कानुन अनुसार निरीक्षकहरूलाई हटाउनुअघि कम्तीमा ३० दिनको सूचना कांग्रेसलाई दिनुपर्ने प्रावधान रहेको छ, जुन ट्रम्प प्रशासनले उल्लङ्घन गरेको उनीहरूको आरोप छ।
यो मुद्दा वासिङ्टन, डिसीको संघीय अदालतमा दायर गरिएको छ। मुद्दामा प्रशासनको कदमले पारदर्शिता, सत्य बोल्न पाउने अधिकार, र कानुनी शासनको सम्मानमा गम्भीर क्षति पुर्याएको उल्लेख गरिएको छ। निरीक्षकहरू संघीय निकायहरूको स्वतन्त्र निगरानीकर्ताको रूपमा कार्य गरिरहेका व्यक्तिहरु हुन् जसले भ्रष्टाचार, दुरुपयोग, र अनियमितता छानबिन गर्छन्।
यो मुद्दाले ट्रम्पका पछिल्ला विवादास्पद निर्णयहरूलाई लिएर कानुनी चुनौती थपेको छ ।
प्रतिक्रिया