अमेरिकी उपराष्ट्रपति भान्सले भारत-पाकिस्तान युद्धबारे बोले : “यो हाम्रो विषय होइन”, ट्रम्पले भने– “म सहयोग गर्न तयार छु”

इनेप्लिज २०८२ वैशाख २६ गते १६:५२ मा प्रकाशित

अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले भारत र पाकिस्तानबीच जारी द्वन्द्वमा अमेरिका हस्तक्षेप नगर्ने संकेत दिएका छन्। 

फक्स न्युजको कार्यक्रममा उनले भने, “हामी यी देशहरूलाई नियन्त्रण गर्न सक्दैनौं। यो युद्ध हाम्रो सरोकारको विषय होइन।”

उनको भनाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिपछि आएको हो। ट्रम्पले बुधबार पत्रकारहरूसँग भनेका थिए, “म दुवै देशसँग राम्रो सम्बन्धमा छु। यदि म केही सहयोग गर्न सक्छु भने, म तयार छु।”

तर भान्सले स्पष्ट पारे, “अमेरिका भारतलाई हतियार राख्न भन्न सक्दैन, न त पाकिस्तानलाई। हामी कूटनीतिक माध्यमबाट यो समस्याको समाधान खोजिरहेका छौं।” उनले भने, “हाम्रो आशा छ, यो तनाव क्षेत्रीय युद्धमा बदलिँदैन, र परमाणु संघर्षसम्म पुग्दैन।”

प्रतिक्रिया