अमेरिकी अदालतको आदेश: गाजामा युद्धबारे आलोचना गरेकी टर्कीका छात्रा तुरुन्त रिहा गर्न आदेश

इनेप्लिज २०८२ वैशाख २६ गते १८:३५ मा प्रकाशित

अमेरिकाको भर्मन्ट राज्यको एक संघीय न्यायाधीशले टफ्ट्स विश्वविद्यालयकी विधा वारिधि(पीएचडी )विद्यार्थी रुमेइसा ओजतुर्कलाई तुरुन्त रिहा गर्न आदेश दिएका छन्। 

टर्कीका नागरिक ओजतुर्क मार्च महिनामा आफ्नो म्यासाचुसेट्सस्थित घर नजिकै संघीय आप्रवासन अधिकारी(आइसिइ)हरुद्वारा पक्राउ परेकी थिइन्।

उनको गिरफ्तारी गाजामा जारी युद्धमा टफ्ट्स विश्वविद्यालयको भूमिकाको आलोचना गर्दै उनले लेखेको एउटा लेख सार्वजनिक भएको एक वर्षपछि भएको हो। 

ओजतुर्कले टफ्ट्सको क्याम्पस समाचारपत्रमा सह-लेखकको रूपमा उक्त लेख लेखेकी थिइन्। 

त्यसपछि उनीजस्तै विदेशी विद्यार्थीहरू, जसले युद्धविरोधी प्रदर्शनमा भाग लिएका थिए तीमध्ये धेरैलाई पक्राउ गरिन थालेको थियो।

प्रतिक्रिया