रुसमा सन् २०२१ देखि थुनिएका अमेरिकी नागरिक मुक्त भएपछि ह्वाइट हाउसमा ट्रम्पले गरे भब्य स्वागत

इनेप्लिज २०८१ माघ ३० गते १२:२३ मा प्रकाशित

रुसमा सन् २०२१ देखि थुनिएका अमेरिकी नागरिक मुक्त भएपछि ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भब्य स्वागत गरे।

रुसबाट मुक्त भएपछि ट्रम्पले ह्वाइट हाउसमा मार्क फोगेललाई स्वागत गरे । २०२१ देखि रुसमा हिरासतमा रहेका मार्क फोगेल मंगलबार अमेरिका फर्किए।

अमेरिकी झण्डा काँधमा बोकेर, रुसी कारागारबाट मुक्त भएका अमेरिकी शिक्षक फोगेल मंगलबार राति ह्वाइट हाउस आइपुगेका थिए ।

६३ वर्षीय फोगेल २०२१ मा लागूऔषधको आरोपमा पक्राउ परेपछि रूसी कोलोनीमा १४ वर्षको कारागार सजाय भोगिरहेका थिए।

“म नायक होइन,” फोगेलले ह्वाइट हाउसका पत्रकारहरूलाई सम्बोधन गर्दै भने। “राष्ट्रपति डोनाल्ड ट्रम्प नायक हुन्।”

भावुक हुँदै फोगेलले आफ्नो परिवारलाई धन्यवाद दिए । उनले ट्रम्पका विशेष मध्य पूर्व दूत स्टीव विटकफलाई पनि धन्यवाद दिए उनले फोगेलको रिहाइको लागि वार्तामा महत्वपूर्ण भूमिका खेलेका थिए। फोगेलले रिहा हुनुअघि साढे तीन वर्ष रुसी कारागारमा बिताए।

उनले आफ्नो कठिनाइको विवरण दिन अस्वीकार गर्दै भने हरेक दिन चुनौतीपूर्ण थियो कारागारमा रहँदा उनले ४०० भन्दा बढी सुई लिएको बताए ।
। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुनै पनि कुराकानीको वर्णन गरेनन्।

प्रतिक्रिया