ट्रम्प प्रशासन विरुद्ध १९ वटा राज्यहरुले सरकारी दक्षता विभाग (डिओजिई)को संघीय तथ्याँक पहुँचमाथि मुद्दा दायर गरेका छन् ।
न्यूयोर्क लगायत अन्य १८ राज्यहरूले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्, । उनीहरुले सरकारी दक्षता विभागले संघीय तथ्याँक प्रणालीमा अनधिकृत पहुँच गरेको आरोप लगाउदै मुद्धा दायर गरेका हुन् ।
न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्सले धनसार (ट्रेजरी )विभागले सरकारी दक्षता विभाग (डिओजिई)लाई अमेरिकी नागरिकहरूको व्यक्तिगत तथा वित्तीय जानकारी पहुँच दिएको छ जसले साइबर सुरक्षा जोखिम निम्त्याउन सक्ने बताइन ।
यो मुद्दा गोपनियता ऐन १९७४ तथा कर सुधार ऐन १९७६ को उल्लङ्घन भएको भन्दै संघीय अदालतमा अस्थायी रोक आदेशको माग गरिएको छ।
तर, धनसार (ट्रेजरी विभाग)ले सरकारी दक्षता विभागलाई पढ्न मात्र पहुँच दिइएको बताएको छ । सरकारी दक्षता विभागले वित्तीय कारोबार परिवर्तन गर्न नसक्ने र यो मुद्दाले अमेरिकी सरकारको तथ्याँक रक्षासम्बन्धी नीति र निगरानीमा महत्त्वपूर्ण नजिर स्थापित गर्न सक्छ,सिबिएसन्यूजमा लेखिएको छ ।
प्रतिक्रिया