मेक्सिकनलाई “कुनै पनि परिस्थितिमा” ग्वान्टानामो खाडीमा नपठाउन मेक्सिकोले अमेरिकालाई कूटनीतिक पर्चा (नोट)पठाएको छ ।
मेक्सिकोले क्युबाको ग्वान्टानामो खाडीमा आप्रवासी पठाउने विषयमा संयुक्त राज्य अमेरिकालाई कूटनीतिक टिप्पणी (नोट )पठाएको छ । विदेशमन्त्री जुआन रामोन डे ला फुएन्टेका अनुसार “कुनै पनि परिस्थितिमा” कुनै पनि मेक्सिकनलाई त्यहाँ पठाइने छैन भन्ने आश्वासन दिएको छ।
“ग्वान्टानामो मुद्दाको सन्दर्भमा कुनै पनि मेक्सिकन पुरुष वा महिलालाई कुनै पनि परिस्थितिमा त्यहाँ पठाइने छैन,” उनले मंगलबार पत्रकारलाई भने।
“समाचार बाहिरिएदेखि अमेरिकी दूतावासलाई कूटनीतिक नोट (पर्चा)पठाइएको थियो, जसमा भनिएको थियो कि हामी फर्कन चाहने सबै मेक्सिकनहरूलाई स्वागत गर्नेछौं, र त्यो अहिलेसम्म भएको छ र भइरहनेछ,” उनले थपे।
एक अमेरिकी अधिकारीका अनुसार मंगलबार आप्रवासीहरू बोकेको एक सैन्य उडान ग्वान्टानामो खाडीतर्फ जाँदै थियो। गृह सुरक्षा (सेक्युरिटी)बिभागका अधिकारीका अनुसार आपराधिक अभिलेख भएका लगभग १० जना आप्रवासी बोकेको थियो।
सिएनएनका अनुसार एक अमेरिकी अधिकारी र परिचित स्रोतका अनुसार आप्रवासीहरूलाई ग्वान्टानामोको हिरासत सुविधा भागमा राखिनेछ, जुन हालका बन्दीहरूभन्दा अलग हुनेछ।
प्रतिक्रिया