डिसीमा अमेरिकन एयरलाइन्स र सैनिक बिमान दुर्घटनाका सबै ६७ जना पीडितहरूको उद्धार,६६ जनाको अवशेष पहिचान

इनेप्लिज २०८१ माघ २२ गते २३:४९ मा प्रकाशित

अमेरिकाको राजधानी डिसीमा अमेरिकन एयरलाइन्स र सैनिक हेलीकप्टर (उदग्र बिमान )दुर्घटनाका सबै ६७ जना पीडितहरूको उद्धार गरिएको एनबिसीवाशिंगटनले समाचारमा उल्लेख गरेको छ ।

प्रहरीका अनुसार ६६ जनाको अवशेष पहिचान गरिएको छ । चालक दलले गत हप्ता रेगन राष्ट्रिय विमानस्थल नजिकै पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएको अमेरिकन एयरलाइन्स बिमानको ठूलो भाग गत सोमबार हटाए ।

मंगलबार चालक दलहरूले पोटोम्याक नदीबाट अमेरिकन एयरलाइन्स बिमानको ककपिट हटाउने अपेक्षा गरिएको छ। सोमबार जेटको ठूलो भाग हटाउन सफल भएपछि उद्धार प्रयासहरू जारी राखिएको छ । चालक दलहरूले दुई यन्त्र (इन्जिन)हरू मध्ये पहिलो, बाह्य भाग र एउटा पखेटा हटाउन सफल भए।

अधिकारीहरूले सबै ६७ पीडितहरूलाई उद्धार गरे र ठोक्किए पछि मारिएका ६६ जनाको अवशेष पहिचान गरेका छन्। आर्मी कर्प्स अफ इन्जिनियर्सले सोमबारको उद्धार कार्य सफल भएको बताएको छ ।

अधिकारीहरूले विमान हटाउने कार्यमा धेरै दिन लाग्ने बताएका छन् भने त्यसपछि उनीहरूले दुर्घटनामा संलग्न सैन्य उदग्रबिमान (हेलिकप्टर) हटाउन काम गर्नेछन्।

अधिकारीहरूका अनुसार ३०० भन्दा बढी उद्धारकर्ताहरू उद्धार प्रयासमा भाग लिइरहेका छन्।

प्रतिक्रिया