ट्रम्पले १० % कर वृद्धि गरे पछि चीनद्वारा केही अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर घोषणा

इनेप्लिज २०८१ माघ २२ गते ११:३३ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनबाट आयातित सामानमा १० % कर वृद्धि गरे पछि चीनपनि केही अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर घोषणा गरेको छ ।

ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ % कर लगाए पछि हाललाई ट्रम्पले क्यानडा र मेक्सिकोको कर योजनालाई ३० दिनलाई स्थगित गरि सकेका छन् ।

ट्रम्पले अमेरिकामा आयात गर्ने चिनियाँ सामानहरूमा १०% कर लगाउने समयसीमा सकिएपछि बेइजिङले केही अमेरिकी सामानहरूमा कर लगाउने सहित प्रतिशोधात्मक उपायहरूको श्रृंखला घोषणा गरेको एबिसीन्यूजले जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले सोमबार बताए अनुसार राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले “अर्को केही दिनमा” वार्ता गर्ने अपेक्षा गरिएको छ।

चीनले अमेरिकी कोइला र तरल प्राकृतिक ग्यासमा १५% कर लगाउने बताएको छ, साथै कच्चा तेल, कृषि यन्त्र र मालबाहक गाडी (पिकअप ट्रक)हरू लगायत अन्य उत्पादनहरूमा १०% कर लगाउने बताएको छ।

“चीनले अमेरिकी अभ्यासको दृढतापूर्वक विरोध गर्दछ र संयुक्त राज्य अमेरिकालाई तुरुन्तै आफ्नो गलत अभ्यासहरू सच्याउन आग्रह गर्दछ,” चिनियाँ वाणिज्य मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया