शरणार्थी बन्द भएकोमा वकालत समूहहरूले ट्रम्प प्रशासन बिरुद्ध मुद्धा हालेका छन् ।
अमेरिका-मेक्सिको सीमामा “आक्रमण” भएको दाबी गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी निलम्बन गर्ने कदमको विरुद्धमा अमेरिकी नागरिक स्वतन्त्रता संघ र अन्य आप्रवासन वकालत समूहहरूले सोमबार वर्तमान प्रशासन विरुद्ध मुद्दा दायर गरेका छन्।
उजुरी अनुसार, ट्रम्पले २१२(एफ) भनेर चिनिने अधिकार प्रयोग गरेको र राष्ट्रपतिलाई “सबै गैर-नागरिकहरूको प्रवेश निलम्बन” गर्न अधिकार दिन्छ ,बिज्ञप्तिमा भनिएको छ ।
अधिकारले राष्ट्रपतिलाई “अमेरिकामा पहिले नै भौतिक रूपमा उपस्थित गैर-नागरिकहरूलाई संक्षेपमा निष्कासन” गर्न वा “खतराबाट भाग्नेहरूलाई कांग्रेसले प्रदान गरेको सुरक्षालाई उलंघन ” गर्न अधिकार दिँदैन,यद्यपि समूहहरूको यस्तो तर्क छ ।
“घोषणापत्र अन्तर्गत, अब शरण खोज्ने कुनै बाटो बाँकी छैन,” एसिएलयुका प्रमुख वकिल ली गेलारन्टले एक विज्ञप्तिमा भने।
ट्रम्पको यो कदमले “कानूनद्वारा यस्ता बालबालिकाहरूले प्राप्त गर्ने विशेष सुरक्षा” को बावजुद, संगै नभएका आप्रवासी बालबालिकाहरूलाई द्रुत रूपमा हटाउन अनुमति दिन्छ । “यो एक अभूतपूर्व शक्ति कब्जा हो जसले अनगिन्ती जीवनहरूलाई खतरामा पार्नेछ,” गेलारन्टको विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया