राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद, प्रवेशाज्ञा दुरुपयोग र सुरक्षा सम्बन्धी जानकारी आदानप्रदान गर्न असफल देखिएका करिब २० देशका नागरिकहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। हाललाई उनले १९ वटा देशलाई प्रतिबन्ध लगाएका छन् ।
कार्यकारी आदेश १४१६ अन्तर्गत लागू गरिएका नयाँ प्रतिबन्धहरू १२ राष्ट्रहरूमा पूर्ण रूपमा लागू हुनेछन् । तीमध्ये अफगानिस्तान, इरान, सोमालिया, लिबिया र यमन जस्ता देशहरूलाई “अत्यन्त उच्च जोखिमयुक्त” मानिएको छ।
कारणमा ती देशहरूमा सक्रिय आतंकवादी गतिविधि, कमजोर वा अमेरिका-विरोधी शासन व्यवस्था, र प्रवेशाज्ञा अवधि नाघेर बस्ने दर अत्यधिक हुनु समावेश छ।
सात अन्य देशहरू — जसमा भेनेजुएला, क्युबा र लाओस माथि आंशिक प्रतिबन्ध लागू गरिएको छ।
प्रतिबन्धमा परेका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन समावेश छन्।
सोमबार बिहान १२:०१ बजेबाट लागू हुने प्रतिबन्धसँगै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका आगन्तुकहरूमा थप कडा प्रतिबन्ध लगाइनेछ।
राष्ट्रपति ट्रम्पले आफ्नो घोषणापत्रमा भने, “म अमेरिकाको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित तथा यहाँका जनतालाई सुरक्षित राख्नका लागि कदम चाल्नैपर्छ।”
प्रतिबन्ध वा कडाइ गरिएका १९ देशमध्ये १० देश अफ्रिकामा पर्छन्, जसमा नौवटा अस्वेत अफ्रिकी मुलुकहरू हुन्।
तीमध्ये केही जस्तै सिएरा लियोन, टोगो र इक्वेटोरियल गिनी पश्चिमा देशहरुलाई प्रत्यक्ष रूपमा खतरा पुर्याउने सशस्त्र समूहहरूको आश्रयस्थलका रूपमा चिनिएका छैनन्।
ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनलेसँग भनिन्: “राष्ट्रपति ट्रम्पले खतरनाक विदेशी तत्वहरूबाट अमेरिकी जनतालाई सुरक्षित राख्ने आफ्नो वाचा पूरा गरि रहनु भएको छ।”
यो कदमलाई राष्ट्रपति ट्रम्पको राष्ट्रवादी नीति र अमेरिकालाई सुरक्षित राख्न कडा आप्रवासन नीतिको निरन्तरता मानिएको छ।
यस कदमले अमेरिका प्रवेश गर्न चाहनेहरूका लागि थप कडाइ ल्याउनेछ भने आलोचकहरूले यसलाई धार्मिक वा जातीय आधारमा विभेद गर्ने नीतिका रूपमा समेत हेर्न सक्छन्। तथापि, ट्रम्प प्रशासनले यसलाई राष्ट्रको सुरक्षाका लागि आवश्यक कडा कदम भनेको छ।
प्रतिक्रिया