अध्यावधिक गरिएको :कोलोराडो बोल्डर आतंकवाद काण्ड: संदिग्धका पत्नी र पाँच सन्तानको निष्काशन रोकियो, संघीय न्यायाधीशको कडा आदेश

इनेप्लिज २०८२ जेठ २२ गते २२:५० मा प्रकाशित

अमेरिकाको कोलोराडोको बोल्डर शहरमा भएको मोलोटोभ ककटेल अर्थात् आगो बम आक्रमणका संदिग्ध मोहम्मद सोलिमानका परिवारको देश निकाला त्काल रोक्न संघीय न्यायाधीश गोर्डन पी. ग्यालेगरले आदेश दिएका छन्।

सोलिमानकी श्रीमती र उनका पाँच सन्तानलाई अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले पक्राउ गरी छिटो निष्काशन प्रक्रिया अगाडि बढाएको थियो। तर, परिवारले अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीशले उनीहरूलाई अमेरिका बाहिर पठाउन नपाइने आदेश दिएका हुन् ।

जबसम्म अदालत वा दशौं सर्किटको अपील अदालतले यो आदेश उल्टाउँदैन उनिहरु देश निकाला हुने छैनन् ।

सोलिमान, जो मिस्रका नागरिक हुन्, गत आइतबार बोल्डर अदालत बाहिर इजरायली बन्धकहरूको रिहाइको माग गर्दै शान्तिपूर्ण जुलुस गरिरहेका प्रदर्शनकारीमाथि आगो बम प्रहार गरेको आरोपमा पक्राउ परेका हुन्। यस आक्रमणमा १५ जना घाइते भएका थिए।

अदालत दस्तावेज अनुसार सोलिमानले यो आक्रमण एक वर्षअगाडि योजना बनाएको र आफ्नी छोरीको उच्च माध्यमिक बिद्यालयको स्नातकपछि मात्र कारबाही गरेको स्वीकार गरेका छन्। उनले युट्युबमार्फत बम बनाउने तरिका सिकेको बताइएको छ। पक्राउ बेलामा १६ वटा नचलाइएका बमहरू पनि बरामद गरिएको एफबीआईले जनाएको छ।

सोलिमानमाथि संघीय घृणा अपराध तथा १६ वटा हत्या प्रयासको अभियोग लगाइएको छ। उनले प्रहरीलाई भनेका छन्, “म सबै यहूदीवाद (जियोनिष्ट)हरूलाई मार्न चाहन्थें” र “यो यहूदी समुदायविरुद्ध नभई प्यालेस्टाइनको भूमिमा हत्यालाई समर्थन गर्नेहरू विरुद्ध थियो।”

प्रतिक्रिया