अमेरिकास्थित अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) को २९औं वार्षिक साधारण सभा (एजिएम) आगामी १३–१५ जुन, २०२५ मा वाशिंगटन डीसीमा हुने भएकोले गाला डिनर रात्री भोजमा इच्छुक नेपाली समुदाय सदस्यहरु सहभागी हुन् पाइने भएको छ ।
तर त्यहाँ हुने गाला रात्री कार्यक्रममा सर्वसाधारण अर्थात् इच्छुक नेपाली समुदाय सदस्यहरु सहभागी हुनको लागि वेबसाइट मार्फत दर्ता गराएर आउन सकिने आयोजकले बताएका छन् । यस कार्यक्रममा नेपालका प्रसिद्ध वरिष्ठ गायक रबिन शर्माको पनि प्रस्तुति हुने भएको छ ।
सम्मेलनमा नेपालका प्रसिद्ध चिकित्सक डा भगवान कोइराला लगायत नेपालका अग्रणी स्वास्थ्य कर्मीसँग पनि भेटघाट गर्न पाइनेछ । गाला डिनर अर्थात् रात्रि भोजन सहित रबिन शर्मा तथा मोक्ष मन्त्रको प्रस्तुति समेत हुनेछ ।
“नेपालमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्रवासी एकता” भन्ने मूल नाराका साथ आयोजना हुने यो सम्मेलनमा अमेरिका र विश्वभरका नेपाली चिकित्सक( स्वास्थ्यकर्मी)हरुको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरिएको छ।
अमेरिकामा नेपालका लागि कार्यरत सबैभन्दा ठूलो स्वास्थ्य सम्बन्धी संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)को गैर-नाफामूलक संस्थामा ९७ % उत्कृष्ट मूल्याङ्कन रहेको छ ।
झन्डै ३ दशक अर्थात् यो २९ वर्ष देखि कठोर मेहनत गर्दै गर्दै हाल सम्म ३०० भन्दा ज्यादा परियोजनामा संलग्न भै सकेको छ । एएनएमएफले नेपालमा २.७ मिलियन भन्दा बढीको लगानी गरि सकेको छ भने यो क्रम जारी रहेको छ ।
एएनएमएफका मुख्य परियोजनाहरूमा क्रमस बर्न अस्पताल, जुम्ला ब्लड बैंक, अक्सिजन प्लान्ट(कारखाना)हरू, कोभिड र भूकम्प राहत, एचएफएनसँग मिलेर मानसिक स्वास्थ्य, एनआइसियु ,राप्ती आइसियु (संघन कक्ष) र अरू थुप्रै परियोजनामा संलग्न भै सकेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरू:
शुक्रबार, १३ जुन:
गल्फ, वाक(दौड) प्रतियोगिता, बालबालिकाको वादविवादसहित युवा मन्च, ‘मिट एन्ड ग्रिट’(भेटघाट )प्रायोजक सम्मान, सांस्कृतिक कार्यक्रम तथा खुला मञ्च रहने छ ।
शनिबार, १४ जुन:
एएनएमएफका अध्यक्ष, सचिव तथा कोषाध्यक्षबाट वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ। नेपालका डा.भगवान कोइराला र डा. विराज कर्माचार्य तथा बेलायतकी डा. केट यारो लगायतले विशेष वक्तारूपमा सहभागिता जनाउनेछन्।
‘नेपालमा स्वास्थ्य सेवा प्रवर्द्धनका लागि प्रवासी एकता’ विषयमा गोलमेच छलफल, सिएमइ, वैज्ञानिक सत्र तथा पोस्टर ( पर्चा)प्रस्तुति पनि हुनेछ।
साँझमा विशेष गाला (GALA ) कोष बृद्धि रात्री भोज(फण्डरेजिङ डिनर )आयोजना हुनेछ जसमा एएनएमअफ परियोजनाका श्रव्यदृश्य( भिडियो)हरु देखाइने छन्।
यसपटकको मुख्य केन्द्रविन्दु परियेजना(फोकस प्रोजेक्ट )काठमाडौं स्थित बाल स्वास्थ्य संस्थान (KIOCH) मा NICU (नवजात सघन उपचार कक्ष) स्थापनाको लागि सहयोग संकलन हुनेछ।
कार्यक्रममा डिसी महानगरका स्थानिय सॅगित मण्डली मोक्ष मन्त्र ब्याण्ड तथा रबिन शर्माको प्रत्यक्ष प्रसारण(लाइभ )प्रस्तुति रहनेछ।
आइतबार, १५ जुन:
कार्यकारी समिति गठन तथा विभिन्न समितिहरूको संरचना तय गरिनेछ।
यो सम्मेलनले अमेरिका र विश्वभर रहेका नेपाली चिकित्सक(स्वास्थ्यकर्मी)हरुलाई एकताबद्ध गर्दै मातृभूमिमा प्रभावकारी स्वास्थ्य प्रणाली विकास गर्न प्रेरित गर्नेछ।
प्रतिक्रिया