बिश्वकै धनाढ्य व्यक्ति इलन मस्कले युएसएड बन्द गर्ने सुरमा रहेको झनक दिएका छन् । मस्कले युएसएड (USAID) लाई ‘बन्द’ गर्ने ‘प्रक्रियामा’ रहेको उनले बताए ।
उनी अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीलाई ‘बन्द’ गर्ने ‘प्रक्रियामा’ रहेको जनाए । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनको प्रयासको बारेमा जानकारी गराएको दाबी गरे र उनले ट्रम्पले समर्थन गर्ने बताए।
पहिलो पडकास्टमा मस्कले आफ्नो टोलीको निष्कर्षको आधारमा युएसएड निराशाजनक रहेको बताए।
मस्कको सामाजिक सञ्जाल एक्स मंचमा आयोजना गरिएको र घण्टा लामो प्रत्यक्ष प्रसारण (स्ट्रिम)मा लगभग ९०,००० श्रोताहरूलाई आकर्षित गर्ने कार्यक्रममा मस्कसँग विवेक रामास्वामी र सिनेटर जोनी अर्न्स्ट र माइक ली पनि सामेल भएको एबिसीन्यूजले जनाएको छ ।
उनले युएसएड किरा भएको स्याउ मात्र होइन वास्तवमा किराको डल्ला मात्र रहेको उनले दाबी गरे ।
“राष्ट्रपतिको पूर्ण समर्थन बिना यो कुनै पनि गर्न सकिँदैन,” मस्कले भने। युएसएड बारे मैले ट्रम्पसँग विस्तृत रूपमा छलफल गरे यसलाई बन्द गर्नु पर्छ भन्ने कुरामा राष्ट्रपति सहमत भएको बताए ।
प्रतिक्रिया