नेतान्याहू र ट्रम्प बीच आगामी मंगलबार भेट हुने,ट्रम्पले पदभार ग्रहण पछि नेतान्याहू औपचारिक भेट गर्ने पहिलो विश्व नेता

इनेप्लिज २०८१ माघ १९ गते १९:५८ मा प्रकाशित

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आगामी मंगलबार वाशिंगटन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने इजरायली प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ। नेतान्याहू ट्रम्पले पदभार ग्रहण पछि औपचारिक भेट गर्ने पहिलो विश्व नेता बन्नेछन्।

दुई नेताहरूले “गाजा, बन्धकहरू, इरानी अक्षरेखाका सबै तत्वहरूले खडा गरेका चुनौतीहरू र अन्य प्रमुख मुद्दाहरूमा छलफल गर्नेछन्,” नेतान्याहूको कार्यालयले शनिबार बिज्ञप्तिमा जनाएको छ ।

ट्रम्पले जनवरी २० मा आफ्नो शपथ ग्रहण समारोहमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी सहित धेरै विश्व नेताहरूलाई आमन्त्रित गरेका थिए । तर उनले आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि अहिलेसम्म विश्व नेतासँग औपचारिक भेट गरेका छैनन्।

प्रतिक्रिया