६ जना यात्रु बोकेको चिकित्सा बिमान फिलाडेल्फियामा दुर्घटनाग्रस्त हुँदा सम्भवत जीवित हुन्न नसक्ने ,अझै उनीहरुको अवस्थाबारे अज्ञात

इनेप्लिज २०८१ माघ १९ गते १२:०८ मा प्रकाशित

अमेरिकाको पेनसेल्भेनिया राज्यमा ६ जना यात्रु बोकेको चिकित्सा बिमान फिलाडेल्फियामा दुर्घटनाग्रस्त हुँदा सम्भवत जीवित हुन्न सक्ने बिभिन्न पत्र पत्रिकाले लेखेका छन् । सिएनएनका अनुसार गत शुक्रबार साँझ सम्म एक एयर एम्बुलेन्स कम्पनी( हवाई बिरामीबाहक प्रतिष्ठान)ले कोही पनि बाँचेको पुष्टि गर्न सक्दैनौं भनि प्रतिक्रिया दिएको छ ।

अझै उनीहरुको अवस्थाबारे अज्ञात रहेको छ भने पछिल्लो जानकारी अनुसार ६ जना बोकेको चिकित्सा बिमान दुर्घटनाग्रस्त भएको पुष्टि भएको छ ।

उत्तरपूर्वी फिलाडेल्फियामा बालिका सहित ६ जना बोकेको चिकित्सा बिमान दुर्घटनामा परेको हो ।

एउटा बालिका बिरामी, उनकी आमा र अन्य चार जना बोकेको चिकित्सा ढुवानी हवाई बिमान उडान भरेको लगभग ३० सेकेन्ड पछि फिलाडेल्फियाको छिमेकमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटना हुँदा आगोको गोला विस्फोट भयो र धेरै घरहरूलाई आगोले लपेटेको छ ।

दुर्घटना जनवरी ३१, २०२५ को शुक्रबार साँझ ६ बजे रुजवेल्ट ब्लुभर्ड बुलेभार्ड र कोटम्यान एभिन्यू(मार्ग)को चौबाटो नजिकै भएको थियो।

एफएएका अनुसार विमान लियरजेट ५५ भएको जुन उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट निस्केको थियो । स्प्रिंगफिल्ड-ब्रान्सन राष्ट्रिय विमानस्थलको लागि जाँदै थियो र मेक्सिकोको तिजुआनाको अन्तिम गन्तव्यमा यात्रा गर्नु अघि मिजौरीमा रोकिएको थियो।

अमेरिकामा ज्यान जोखिममा पार्ने रोगको उपचार लिएर मेक्सिको फर्किरहेकी एक बालिका उडानमा सवार छ जनामध्ये थिइन्। बालिकाकी आमा, बिमानचालक,सह बिमान चालक ,चिकित्सक र एक स्वास्थ्यकर्मी पनि सवार थिए।

लियरजेट ५५ सञ्चालन गर्ने जेट रेस्क्यु एयर एम्बुलेन्सद्वारा जारि बिज्ञप्तिमा “हामी कोही पनि बाँचेको पुष्टि गर्न सक्दैनौं।” भनिएको छ तर कम्तिमा छ जनालाई अस्पतालमा घाइते अवस्थामा उपचार गरिएको छ।

फिलाडेल्फियाको ५५०० ल्याङ्डन मार्गमा रहेको शमूएल फेल्स माध्यमिक बिद्यालयमा दुर्घटनाबाट प्रभावितहरूका लागि आश्रय खोलिएको छ।

प्रतिक्रिया