ट्रम्पले  अमेरिकन एयरलाइन्स र सेनाको उदग्रविमानमा दूर्घटनाबारे दिए नया ताजा जानकारी, कोही पनि जीवित व्यक्ति नरहेको पुष्टि 

इनेप्लिज २०८१ माघ १७ गते १८:१५ मा प्रकाशित

बाइडेन र ओबामा प्रशासनलाई दोष लगाए

 अमेरिकी राष्ट्रपति जोनाल्ड ट्रम्पले  अमेरिकन एयरलाइन्स र सेनाको उदग्रविमानमा दूर्घटनाबारे दिए नया ताजा जानकारी दिएका छन्। ह्नाईट हाउसमा सम्वोधन गर्दै विस्तृत जानकारीको साथै पत्रकारहरुको जवाफ समेत दिए ।

उनले कुनै पनि जीवित व्यक्ति नरहेको पुष्टि गरे भने बाइडेन र ओबामा प्रशासनलाई दोष लगाए।

गत जनवरी २९, २०२५ को राति अमेरिकन वाशिंगटन डीसीको रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकप्टर( उदग्रविमान) सॅग ठोक्कियो।तर ट्रम्पले उदग्रविमानको दोष भएको बताए ।

दूरघटना पछि दुवै विमान पोटोम्याक नदीमा खस्यो र यात्रुवाहक विमानमा रहेका ६४ जना र हेलिकप्टरमारहेका ३ सैनिकको मृत्यु भएको छ ।

उद्धार टोलीहरूले अहिलेसम्म ३० भन्दा बढी शव फेला पारेका छन्। खोज तथा उद्धार कार्य जारी छ। ट्रम्पले घटनाबारे सम्बोधन गर्दै यसमा कोही पनि जीवित व्यक्ति नरहेको पुष्टि गरे। 

उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरे र यस दुर्घटनाको विस्तृत छानबिन गरिने बताए।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासले दुर्घटनाको अनुसन्धान सुरु गरेका छन्।

प्रारम्भिक सूचना अनुसार दुवै विमान आफ्नो नियमित उडान मार्गमै थिए।यो अमेरिका भित्र पछिल्ला दशकहरूमा भएका सबैभन्दा घातक विमान दुर्घटनामध्ये एक हो।

ट्रम्पले उच्च दक्ष कर्मचारी नहुदा दूर्घटना भएको र आफू आउने बित्तिकै नागरिक उड्डयन बिभाग र हवाई सेवाको लागि कार्यकारी आदेश जारी गरेको बताए। विविधता कर्मचारीहरु भर्ना हुदा यस्तो हुने भन्दै पूर्व राष्ट्रपति जो बाइडेन, उनका यातायात मन्त्री तथा बराक ओवामालाई समेत बिबादमा मुसे।

तिक्ष्ण बुद्धि भएका कर्मचारी भर्ना गर्नु पर्छ र यही मेरो उच्च प्राथमिकता रहेको बताए।

यस्ता बिभागमा कर्मचारी भर्ना गर्दा विविधतालाई प्राथमिकता दिदा दूर्घटना निम्त्याउने हुदा उच्च दक्ष व्यक्तीहरु भर्ना गर्नु पर्ने कुरामा जोड दिए।

प्रतिक्रिया