इजरायलले एक वर्षभन्दा बढी समयपछि पहिलो पटक उत्तरी गाजामा प्रवेश गर्न अनुमति दिएपछि गाजा सरकारी कार्यालयका अनुसार सोमबार कम्तिमा ३,००,००० प्यालेस्टिनीहरू उत्तरी गाजामा घर फर्किए ।
सोमबार मानिसहरू उत्तरी गाजामा फर्किँदै गर्दा गाजा सरकारले तुरुन्तै कम्तिमा १,३५,००० पालहरू आवश्यक रहेको बताएको छ किनभने त्यहाँ ९०% भवनहरू ध्वस्त भएका छन्।
सरकारले अन्तर्राष्ट्रिय समुदायलाई प्यालेस्टिनीहरूका लागि “आधारभूत आपूर्ति” प्रदान गर्न मद्दत गर्न आह्वान गरेको छ।
पैदल घर जानेहरूमध्ये धेरैजसो अल-रशिद मार्ग हुँदै हिँडिरहेका थिए, जुन बाटो लगभग ३,००,००० मानिसहरूले लिने अपेक्षा गरिएको थियो।
त्यस्तै उत्तरतिर गाडी चलाउनेहरू मध्ये धेरैजसो सलाह अल-दिन राजमार्ग हुँदै आई रहेका थिए ।
सोमबार बिहान सवारी साधन(कार)हरूको लाम (लाइन )लगभग ८ माइलसम्म फैलिएको थियो । उनीहरू गाजाको उत्तरी भागमा प्रवेश गर्न अनुमतिको लागि पर्खिरहेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया