पहिलो चरणमा ३३ जनालाई रिहा गरिदै : इजरायल

इनेप्लिज २०८१ माघ १५ गते १२:१२ मा प्रकाशित

युद्धविरामको पहिलो चरणमा रिहा गरिने ३३ जना इजरायली बन्धकमध्ये आठ जनालाई हमासले मारेको इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले बताए।

युद्धविराम सुरु भएदेखि सात जना बन्धकलाई रिहा गरिसकिएको छ । आगामी हप्ताहरूमा हमासले थप १८ जना जीवित बन्धकलाई रिहा गर्नेछ।

मेन्सरले बिहीबार र शनिबार थप बन्धकहरूलाई रिहा गर्ने तयारी रहेको बताए।

प्रतिक्रिया