नेपाली चलचित्रको इतिहासमा सर्वाधिक चर्चित मध्ये कै एक ‘तेल भिसा’ नामक नेपाली चलचित्र ५१ औ दिनमा सफलतासाथ प्रदर्शन भै रहेको छ ।
अमेरिकाको ३० वटा स्थानमा जनवरी २४ देखि बिबिभ्नन राज्यहरु प्रदर्शन भै रहेको छ । अमेरिकाको टेक्सस राज्यमा ७ वटा चलचित्र मन्दिर, क्यालिफोर्नियामा ३ वटा, ओहायोमा ३ वटा ,पेन्सेल्भेनियामा २ ,नर्थ क्यारोइनामा २ चलचित्र मन्दिरहरुमा प्रदर्शन हुने भएको छ ।
त्यस्तै अमेरिकाको अन्य राज्यहरुमा बाल्टिमोर, आएवा, न्यूयोर्क, य़ूटाः ,नेभादा ,केन्टकी ,कोलोराडो लगायत राज्यहरुमा जनवरी २४ देखि प्रदर्शनी हुने भएको छ ।
अमेरिकाको लागि वितरक नेपाल ११ इन्टरटेन्टमेन्ट रहेको छ । लामो समय देखि अमेरिकाको बाल्टिमोरमा बस्दै आएकी ‘तेल भिसा’की प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरे हुन् ।
बाल्टिमोरमै बस्दै आएका युवा प्रतिभाशाली शंकर घिमिरे यस चलचित्रका निर्देशक हुन् । मुलुक भन्दा बाहिर प्रवासमा रहेर नेपाली समुदायको लागि लामो समय पछि उनले यो चलचित्रमा निर्देशन गरेका हुन् । कथा वस्तु र सबै कुरालाई राम्रो सँग प्रस्तुती गरिएकोले चलचित्र यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुगेको छ ।
अपार सफलताको साथ चलचित्र प्रदर्शन भै रहेको छ भने दर्शकले अत्यधिक रुचाईएको चलचित्र बन्न सफल भएको छ । निर्देशक घिमिरेले ईनेप्लिजसँग कुराकानी खुसी व्यक्त गर्दै हेर्ने दर्शक प्रति कृतज्ञता व्यक्त गरेका छन् । साथै अमेरिकामा रहेका सबैलाई एक पटक चलचित्र हेर्न आह्वान गरेका छन् ।
चलचित्रमा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै चलचित्रमा वर्षा राउत, बाल्टिमोरमै बस्दै आएकी पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ ।
वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको चलचित्रका प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् । चलचित्र ‘तेल भिसा’को छायांकन अमेरिका र नेपालमा गरिएको छ ।
प्रतिक्रिया