टेक्सस राज्यको सान एन्टोनियोमा घर भित्रबाट मद्धत गर्न जाँदा ७ जना प्रहरी माथी गोली प्रहार ,सबै जना खतरामुक्त

इनेप्लिज २०८१ माघ १० गते ११:४० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियोमा घर भित्रबाट मद्धत गर्न जाँदा ७ जना प्रहरी माथी गोली प्रहार एबिसीन्यूजले जनाएको छ ।

प्रहरीका अनुसार एक आवासगृह (अपार्टमेन्ट)बाट सहयोगको लागि बोलाउदा त्यहाँ पुग्दा ७ जना प्रहरीलाई गरिएको छ । सबै प्रहरी अधिकारीहरूको ज्यान जोखिममा नपरेको र उनीहरुलाई चोटपटक लागेको कारण उपचार भइरहेको छ।

गत बुधबार साँझ टेक्ससको सान एन्टोनियोमा आफ्नो परिवारको सदस्य संकटमा रहेको र तत्काल मद्दतको आवश्यकता रहेको भन्दै प्रहरीलाई बोलाउदा उक्त घटना भएको हो।

सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमानसका अनुसार प्रतिक्रिया दिने पहिलो प्रहरी अधिकारीलाई तल्लो खुट्टामा गोली लागेको थियो र दोस्रो अधिकारीलाई केही समयपछि गोली लागेको प्रहरीले जनाएको छ।

तेस्रो प्रतिक्रिया दिने अधिकारी पछि घटनास्थलमा पुगे र अन्तिम अधिकारीले जवाफ दिनुभन्दा पहिले नै गोली लागेको थियो। उनको माथिल्लो धड़मा गोली लागेको प्रहरीले पुष्टि गरेको छ। अन्य तीन जनाको बारेमा थप विवरण दिइएको छैन।

सबै अधिकारीहरूलाई तुरुन्तै अस्पताल लगिएको थियो । सबैको ज्यान जोखिममा नपर्ने चोटपटक लागेकोले उपचार भइरहेको अधिकारीहरूले बताएका छन्।

संलग्न प्रहरी अधिकारीहरूको पहिचान अझै सार्वजनिक गरिएको छैन तर म्याकमानसले उनीहरू प्रत्येकसँग प्रहरी विभागमा चार देखि आठ वर्षको अनुभव भएको बताए । ४० वर्षका संदिग्ध पुरुषको पनि पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया