कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ बाट सम्मानित

इनेप्लिज २०८१ माघ ८ गते २०:२८ मा प्रकाशित

हेल्लो अमेरीका मिडियाका एडिटर तथा सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ । अमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा बस्नेतसहित ७ जना सञ्चारकर्मीलाई फस्ट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरेको हो ।

न्युयोर्कमा आयोजित एक विशेष समारोह मिडियालाई समुदायमा जोडन अतुलनीय भूमिका खेलेवापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ ।

अवार्ड सँगै न्युयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ । कम्युनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेसन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका छन् ।

न्युयोर्क मा स्टुडियो रहेको नेपाली मिडिया हेल्लो अमेरीकामा बरिष्ठ निर्देशक किशोर सुव्वा , सह-निर्देशक टोमा लामा , लोकप्रिय प्रस्तोता सुमन थाम्सुहाड॰ लिम्वु रहेका छन भने न्युयोर्क तथा वरिपरीका राज्यहरूमा सक्रिय र अमेरीकामा वसेका नेपालीहरूको वास्विक कथा संसारभर पुराऊने काम हेल्लो अमेरीका मिडियाले गरिरहेको , त्रिवेणी टाइम्सका संचालक नवराज केसीले वताऊनु भयो !

प्रतिक्रिया