४७ औ राष्ट्रपतिको सपथ गर्न साथ डोनाल्ड ट्रम्प आफ्नो चुनावी अभियानमा गरेका वाचा अनुसार आप्रवासन सम्बन्धी १० वटा कार्यकारी आदेशहरु जारी गरेका छन् ।
उनले जारी गरेका १० कार्यकारी आदेश मध्ये संयुक्त राज्य अमेरिकामा गैरकानूनी वा अस्थायी रूपमा रहेका आमाहरूबाट जन्मेका भावी बच्चाहरूको लागि जन्मसिद्ध नागरिकता समाप्त गरेका छन् । जबसम्म बच्चाको बुबा अमेरिकामा कानुनी तथा स्थायी रूपमा नभएमा त्यसलाई मान्यता नदिने जनाएका छन् ।
संघीय निकायहरूलाई नागरिकहरूको बारेमा पर्याप्त जानकारी प्रदान नगर्ने देशहरू पहिचान गर्न र ती नागरिकहरूलाई अमेरिका प्रवेश गर्नबाट रोक्न निर्देशन दिएका छन् । त्यस्तै आप्रवासन राष्ट्रिय आपतकाल घोषणा गर्दै सीमामा सेना पठाउन आदेश दिएका छन् ।
नीति अमेरिकी हितसँग “मिल्दो” नभएसम्म संयुक्त राज्य अमेरिकामा सबै शरणार्थी प्रवेशहरूमा रोक लगाएका छन् । ट्रम्पले कार्टेल (उत्पादक संघ )तथा आप्रवासी गिरोहहरू एमएस-१३ तथा ट्रेन डे अरागुवालाई विदेशी आतंकवादी संगठनको रूपमा तोके ।
ट्रम्पले शरण-स्थल शहरहरूबाट संघीय कोष प्रतिबन्धित गर्ने र तिनीहरू विरुद्ध कानुनी कारबाही गर्नेमा हस्ताक्षर गरेका छन् । संयुक्त राज्य अमेरिकामा गैरकानूनी रूपमा रहेका आप्रवासीहरूलाई दर्ता गर्न र औंठाछाप लगाउन आवश्यक पर्ने उनको आदेशले जनाएको छ । त्यस्तै अमेरिका प्रवेश गर्ने अनुप्रयोग (एप) सिबीपि वान कार्यक्रम र क्युबाली, हेटी , निकारागुआन र भेनेजुएलाका लागि प्यारोल कार्यक्रम समाप्त पारिने भएको छ ।
अनधिकृत आप्रवासीहरूलाई सार्वजनिक सुबिधा तथा लाभहरू अस्वीकार गरिने आदेशमा उल्लेख गरिएको छ । साथै मेक्सिकोमा नै बस्ने नीति पुनर्स्थापित गरिने १० वटा कार्यकारी आदेश जारी गरे ।
राष्ट्रपति ट्रम्पले आफ्नो पदभार ग्रहणको पहिलो दिनमा आप्रवासनसँग सम्बन्धित कार्यकारी आदेशहरूको श्रृंखला जारी गरे । गत सोमबार ओभल कार्यालयमा हस्ताक्षर गर्दै उनले यी कार्यहरूलाई आधिकारिक बनाए।
“अवैध प्रवेश तुरुन्तै रोकिनेछ, र हामी लाखौं आपराधिक विदेशीहरूलाई उनीहरू आएका ठाउँहरूमा फिर्ता पठाउने प्रक्रिया सुरु गर्नेछौं,” ट्रम्पले आफ्नो उद्घाटन भाषणमा भने।
दक्षिणी सीमा पार गर्ने प्रयास गर्ने मानिसहरूको बढ्दो संख्याको बीचमा आप्रवासीहरूको लागि शरण नियुक्तिहरू सहज बनाउन सिबीपि वानको कार्यहरू बाइडेन प्रशासन अन्तर्गत विस्तार गरिएको थियो।
ट्रम्पले क्युबा, हेटी, निकारागुआ र भेनेजुएलाका आप्रवासीहरूले अमेरिकामा प्रायोजकहरू सहित दुई वर्षको लागि देशमा प्यारोल(जमानी) हुन आवेदन दिन प्रयोग गर्ने संजालस्थल (वेबसाइट )निलम्बन गरे । त्यो कार्यक्रमले विगत दुई वर्षमा ती देशहरूबाट ८००,००० भन्दा बढी आप्रवासीहरूलाई संयुक्त राज्य अमेरिका ल्याएको थियो ।
ट्रम्पद्वारा घोषणा गरिएको आपतकालीन अवस्थाले रक्षा विभागलाई सीमामा सेना र राष्ट्रिय गार्ड तैनाथ गर्न अनुमति दिन्छ। ह्वाइट हाउसका अधिकारीहरूले कति सेना पठाइनेछ भन्ने बारेमा विस्तृत रूपमा बताउन अस्वीकार गरेको एनबिसीन्यूजले जनाएको छ ।
कार्यकारी आदेशमा सेनाले गृह सुरक्षा विभागका कर्मचारीहरूलाई बन्दीगृह सुरक्षित गर्ने र आप्रवासीहरूलाई ढुवानी गर्ने लगायतका रसदमा सहयोग गर्ने भनिएको छ। कार्यकारी आदेशमा यदि स्थायी आवासीय पत्र (ग्रीन कार्ड )धारक भएका बासिन्दाहरूबाट जन्मेका बालबालिकाहरू नागरिकताको हकदार रहेको उल्लेख छ ।
प्रतिक्रिया