अमेरिकामा ८ करोड ५० लाखभन्दा बढी अमेरिकीहरू चिसो मौसमको चेतावनीमा रहेका छन् । मौषम सेवाको अनुसार ४ देखि ८ इन्च हिउँ पर्ने भबिष्यवाणी गरेको छ ।
अमेरिकाको नर्थ डकोटा, मिनेसोटा र विस्कन्सिनका केही भागहरूमा अत्यधिक चिसो चेतावनी लागू गरिएको छ । उक्त क्षेत्रहरुमा -५ डिग्री फारेनहाइटसम्म तापक्रम पुग्न सक्ने एबिसीन्यूजले जनाएको छ ।
आइतबार धेरै प्रमुख शहरहरूमा मध्यमदेखि भारी हिउँ पर्ने सम्भावना ल्याउने मौषम सेवाले जनाएको छ । आइतबार मध्य-एट्लान्टिकदेखि उत्तरपूर्वसम्म २ करोड ८० लाखभन्दा बढी मानिसहरू जाडोको चेतावनीमा रहने छन् ।
अमेरिकाको वेष्ट (पश्चिम )भर्जिनियादेखि मेनसम्म ४ देखि ८ इन्च सम्म हिउँ पर्ने अपेक्षा गरिएको छ। न्यूयोर्क शहरमा आइतबार दिउँसो र साँझसम्म लगभग ३ देखि ६ इन्च हिउँ पर्ने पूर्वानुमान गरिएको छ । न्यूयोर्क शहरमा लगभग तीन वर्षमा सबैभन्दा ठूलो हिमआँधी बनाउन सक्ने छ ।
आइतबार दिउँसो र साँझको समयमा बाल्टिमोरदेखि बोस्टनसम्मको अन्तरराज्य राजमार्ग ९५ को धेरैजसो भागमा चिप्लो सडकहरूको सम्भावना देखिनेछ।
सोमबार रातिदेखि मंगलबारसम्म जारी रहँदा ह्युस्टनमा हिमपात हुन सक्ने छन् ।
ह्युस्टनमा अन्तिम पटक २०२१ मा १ इन्च हिउँ परेको थियो, तर २००८ मा उनीहरूले अन्तिम पटक १ इन्चभन्दा बढी हिउँ देखेका थिए। न्यु अर्लिन्सले २००९ पछि कुनै पनि हिउँ अभिलेख (रेकर्ड गरेको छैन । न्यु अर्लिन्सले १९६३ पछि १ इन्च हिउँ माथि बढेको छैन।
प्रतिक्रिया